OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १४, २०७७सुर्खेत
६६२ पटक

सुर्खेत, १४ बैशाख २०७७ ः नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका ईञ्चार्ज जनार्दशन शर्मा (प्रभाकर)ले नोबेल कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा कर्णाली प्रदेश सरकारले राम्रो कदम चालेको बताउनुभएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरुसँग प्रदेश सरकारको कामकारवाही र कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा आज भएको भर्चुअल बैठकमा ईञ्चार्ज शर्माले हालसम्म प्रदेश सरकारले सह्रानीय काम गरेको बताउनुभएको हो । पूर्व गृहमन्त्रीसमेत रहेका ईन्चार्ज शर्माले भन्नुभयो, “कोरोना प्रतिकार्यका लागि प्रदेश सरकारले राम्रोसंग पहलकदमी लिएको छ । चालू आवको बजेट स्वास्थ्य क्षेत्रको पूर्वाधार, सामग्री र उपचारमा मात्र परिचालन गर्न आग्रह गर्दछु ।”
सरकारविरुद्ध प्रश्न नउठ्नेगरी पारदर्शी काम गर्न र कोरोनाका कारण आउन सक्ने विश्वव्यापी आर्थिक मन्दी, वैदेशिक रोजगारीमा रहेका नेपालीको स्वदेश फिर्तीलगायतले पार्न सक्ने जोखिमलाई ध्यान दिन एवं आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा हतारो नगर्न मुख्यमन्त्री शाहीलाई उहाँले सुझाव दिनुभयो ।
ईन्चार्ज शर्माले लकडाउनको उपयोग गर्दै कोरोना विरुद्ध लडन आन्तरिक तयारीलाई तीव्र बनाउन तथा लकडाउन खुलेपछि आईपर्ने सम्भावित चुनौतिहरुको हल गर्नेगरी आगामी रणनीति तयार गर्न पनि सुझाउनुभयो । बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सबै मन्त्रीहरुले कर्णाली प्रदेशमा कोरोना भाईरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामकारवाहीबारे पार्टी नेतृत्वलाई जानकारी गराएका थिए ।
बैठकमा मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मासहितको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्