OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २४, २०७९
६२१ पटक

२४ असार २०७९, शुक्रबार

कर्णाली प्रदेशसभाको बैठक सुचारुका लागि प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच चार बुँदे सहमति भएको छ । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीको संयोजकत्वमा आज बसेको सर्वदलीय बैठकमा चार बुँदे सहमति भएको हो । सहमति पत्रमा हस्ताक्षर भएसँगै १२ दिनदेखि स्थगित सदन आजबाट शुरु भएको छ ।

उक्त सहमति पत्रको पहिलो बुँदामा मुख्यमन्त्री रोजगार कार्यक्रमको सम्बन्धमा प्रस्तावित योजनाहरु एकमुष्ट रुपमा फिर्ता लिने र विनियोजन भएको रकम यथावत राखी साउन मसान्तसम्म कार्यविधिसम्मत् योजना छनोट गरिसक्नुपर्ने लेखिएको छ ।

त्यसैगरी, दोस्रो बुँदामा विनियोजन किताबमा कर्णाली प्रदेशभन्दा बाहिरका भौगोलिक क्षेत्रलाई समेटेर समावेश भएका सबै योजनाहरुको नाम हटाउने, तेस्रो बुँदामा रु.१५ लाखभन्दा कम रकम विनियोजन भएका योजनाहरुका हकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको साना सिंचाई बाहेक अन्य योजनाहरु कार्यान्वयन नगर्ने र चौथो बुँदामा निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमको सम्बन्धमा रिक्त रहेका निर्वाचन क्षेत्रहरुमा सभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा योजना छनोट गर्ने गरी कार्यविधि संशोधन गर्ने उल्लेख छ ।

प्रतिकृया दिनुहोस्