OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीआषाढ १७, २०७९जुम्ला,
१४७६ पटक

जुम्लामा १२ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । असार १५ गतेबाट शुरु भएको प्रतियोगिता सम्पन्न भएको हो ।
जिल्ला खेलकुद विकास समिति जुम्लाको आयोजनामा प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा जुम्लाका स्थानीय तहको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उपाधी भने चन्दननाथ नगरपालिकाले लिएको थियो । प्रथम चन्दननाथ र द्धृतीय हिमा गाउँपालिका भएको भएको जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ । जिल्ला खेलकुद विकास समितिका सदस्यसचिव संगिता आचार्यका अनुसार विभिन्न विधामा खेल खेलाईएको मध्य सवैभन्दा बढी चन्नदननाथ र त्यसपछि हिमा गाउँपालिकाले उपाधी बढि ल्याएको छ ।

हिमा गाउँपालिकाले यस पटक एथेलेटिक्स प्रतियोगितामा जित हाशिल गरेको थियो । मार्चपासमा पातारासी गाउँपालिका प्रथम भएको छ । यसैगरी पातारासीले पुरुष भलिवल प्रतियोगिता जित हात पारेको थियो भने द्धृतीयमा कनकासुन्दरीले जीत हाशिल गरेको थियो ।

यसैगरी महिला भलिवल प्रतियोगितामा कनकासुन्दरी गाउँपालिका आएको थियो भने द्धृतीयमा चन्दननाथ नगरपालिकाले जीत हाशिल गरेको छ । कवडीमा प्रथम चन्दननाथ,द्धृतीय कनकासुन्दरी गाउँपालिका भएको आयोजकले जनाएको छ ।

कबडी खेल महिला तर्फ तिला गाउँपािलका प्रथम, तातोपानी गाउँपालिका तृतीय र हिमा गाउँपालिका तृतीय भएकोछ ।
यसैगरी भलिवलमा उत्कृष्ट खेलाडी महिलामा कनकासुन्दरीका सुनिता कठायत र पुरुषमा मानबहादुर बोहरा भएका छन् । कबडिमा महिला तर्फ मनिसा कठायत र पुरुष तर्फ उमेश बुढ्थापा उत्कृष्ट हुनु भएको छ । एक सय मिटर दौडमा हिमाकी मिरा शाही प्रथम हुनुभएको छ ।

यसैगरी प्रथम,द्धृतीय र उत्कृष्ट र सहभागीलाई प्रमाणपत्र तथा नगद समेत बितरण गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनकृष्ण पाण्डे, अखिल नेपाल फुटवल संघ एन्फाका केन्द्रीय सदस्य भरत बुढ्थापा, चन्दननाथ नगरपालिका वडानम्बर ५ का अध्यक्ष सहित राजनैतिक दलका प्रतिनिधि र सरोकारवाला निकायले खेलाडी, प्रशिक्षक, सहभागी स्थानीय तहलाई प्रमाणपत्र, मेडल तथा पुरस्कार वितरण गर्नुभएको थियो ।

जिल्ला खेलकुद विकास समिति जुम्लाका अध्यक्ष धनकृष्ण पाण्डेको अध्यक्षतामा समापन भएको १२ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको समापनमा प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले खेल क्षेत्रका लगानी उपलब्धी मुलक हुने र यस प्रतियोगितामा सहभागी खेलाडिलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो । एथलेटिक्स प्रशिक्षक तथा किर्तिमानी धावन हरिबहादुर रोकायाले प्रयासनै सवै भन्दा ठूलो भएकाले खेलक्षेत्रमा लगानी र निरन्तरता आवश्यक रहेको बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका प्रमुख बरमबहादुर महतले राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता निर्देशिका अनुसार भलिवल, एथलेटिक्स, कवडी, उसु, कराते र तेक्वान्दो प्रतियोगिता हुने बताउनुभयो । उहाँका अनुसार सवैभन्दा बढि गोल्ड मेडल प्राप्त गर्ने स्थानीय तह प्रथम भएका छन् ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा स्थानीय तहका वालप्रतिभा खेलाडीहरुको भब्य सहभागिता र उत्साह थपिएकाले आगामी दिनमा खेल क्षेत्रमा निरन्तरता दिनुपर्ने अध्यक्ष पाण्डेले बताउनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्