OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख ८, २०७७
६०८ पटक

 

 

कोरोना भाइरसका कारण विश्व थिलथिल छ। विगतमा पनि यस्ता महामारी फैलिएर मानवीय क्षति भएको पाइन्छ।

हाम्रा विपदमध्येको २०७२ को भुइँचालोले घर बाहिर बसाल्यो। अहिले घरभित्र बस्न बाध्य छौं। यो बेला हेलचेक्रयाइँ गर्‍यौं भने ठूलो क्षति बेहोर्नुपर्ने हुनसक्छ। बहादुरी देखाउनु र संयमता अपनाउनु फरक चिज हुन्, कुन अवस्थामा के गर्ने भन्ने निर्णय गर्न सक्नुपर्छ।

कोरोना एक लाख बढीको मृत्यु भइसकेको छ भने दैनिक हजारौं संक्रमित छन्। एकातिर विश्व मानव जगत आकुल(व्याकुल बनेर छटपटाइरहेको छ। अर्कोतिर जीवन र मृत्युको नयाँ परिभाषा खोजिएको छ। यसैको बीचबाट जीवन र जगतको व्याख्या गर्ने दर्शन र भौतिकवादमा विश्वास गर्ने विज्ञानको उचाइ समेत घटेको छ।

डार्विनको सिद्धान्तले भनेजस्तै अहिलेको अवस्था ुबाँच्नका लागि संघर्षु गर्ने हो। चुनौतीभित्र अवसर खोज्ने हो। जसले हरेक विपत्तिसँग संघर्ष गर्न सक्छ, ऊ बाँच्छ। अहिलेको तितो यथार्थ यही हो।

अलेक्जेन्डर ुद ग्रेटु भनेका थिए( म मर्दा मेरा हात बाहिर देखिने गरी अन्तिम संस्कार गरिदिनू। ताकि अलेक्जेन्डर जस्ता व्यक्ति पनि खाली हात गयो भनेर।ु हामीले यो पनि मनन गर्न जरुरी छ।

विश्वमा पटकपटक भाइरस र ब्याक्टोरियाबाट महामारी भएको छ। निदान खोज्न विश्व जगत बाध्य छ। हालसम्म उल्लेखनीय उपचार पद्धति हुन नसकेकामा विश्वमा कोरोना भाइरसविरूद्ध जित्ने चुनौतीको आवश्यकता थियो। जुन अहिले नचाहे पनि हामीसामू छ।

विश्वास गरौं, यो चुनौती र अवसर तथा कोरोना भाइरस महामारीले विश्वलाई दुःख र क्षति मात्र गर्ने छैन। निदान तथा अन्वेषण गर्न बाध्य पार्नेछ। मानवजातिमा समृद्धिको नयाँ युग उदाउने छ। आणविक हतियारको होडबाजीमा लागेका देशको पनि शिर एकपटक निहुरिनेछ। मंगलग्रह तथा चन्द्रमामा बस्ने महत्वकांक्षा बोकेकालाई पनि सोच्न बाध्य पार्नेछ।

समयले सिंगो मानव सभ्यतालाई नैतिकता एंव इमान्दारीताको पाठ सिकाउने छ। मानवता नै ठूलो भनेर विश्वले सम्पन्नताको नयाँ परिभाषा वदल्ने छ। अनुहारमा लागेको धुलो पुछ्नुको सट्टा ऐना पुछ्ने पुरातन आडम्वरी संस्कृतिको अत्यको सुरूआत गर्नेछ। विश्वमा मानव संस्कृतिको नीति, थिति, विधि, प्रविधि र संस्कृतमा नयाँ आयामको सुरूवात हुनेछ।

विपद ढोल बजाएर आउँदैन। रोग र महामारीको नजरमा सबै समान हुन्छन्। स्पेनकी पूर्व उपप्रधानमन्त्री समेत रहेकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। सामान्य सावधानी नअपनाउँदा आधुनिक स्वास्थ्य सेवामा सम्पन्न इटालीका राष्ट्रपति सामाजिक संजालमा रोएको दृष्यले तपाईं हामीलाई कुड्याइँरहेको छ। आज इटालीमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव गाड्ने ठाँउ छैन।

विश्वमा पुँजिवादमा विश्वास राख्ने, उच्च आर्थिक वृद्धिदरमा विश्वास राख्ने नागरिक मृत्युले छट्पटिँदा पनि अमेरिकाले कोरना संक्रमणलाई मजाकमा उडाउँदाको परिणाम देखिएकै छ।

कृत्रिम बौद्धिकता विकास गर्दै सम्पन्न बन्ने होडबाजी चलिरहेको विश्वको ध्यान कोरोनाले विषयान्तर गरिदिएको छ। विश्वमा दैनिक एकजनाको मृत्युबाट सुरु कोरोना मृत्युदर अहिले प्रतिदिन हजारौं छ।

हामी कुनै उमेरमा बाघसँग लडेर आएको वा ठूलो युद्ध लडेर आएको हो केही हुँदैन भनेर बहादुरी देखाउँदै, विपदमा सहयोग नगरी, अनावश्यक अफवाह फैलाउँदै हिँड्नु भन्दा लाचार काम केही हुने छैन। हाम्रो उमेर अंक हो भने, जीवन सम्बन्ध हो भन्ने कुरा बुझ्न जरुरी छ। यो बहादुरी देखाउने बेला नभई सावधानी देखाउने समय हो।

उल्लेखित पक्षमाथि अपव्याख्या गरिएमा विश्व मानव जातिमाथिको ठूलो धोका हुनेछ। तपाईं हामीले सानो सावधानी नअपनाउँदा सिंगो हाम्रो पुस्ताले दुःख पाउने छ। इतिहासले सराप्ने छ। हाम्रो पुस्ताले धिकार्ने छ। त्यसैले अहिले कोरोना विरुद्ध बहादुरी होइन बुद्धि प्रयोग गर्नुपर्ने देखिन्छ।

लकडाउनमा घर छोड्नु भनेको अरुलाई घरवार बिहिन बनाउनु हो। हवाई जहाज चढेर आएको कोरोना गाडीबाट गाँउघर आइसकेको छ। यसलाई स्वागत गर्न हामी सडकमा गयौं भने याद गर्नुहोस्, तपाईं हाम्रो पिँढीको फोटामा फ्रेम होइन, हार्दिक श्रदाञ्जली लेखिएको माला हुने छ। तपाईं हाम्रो त्यो शव छुन त के, हेर्ने मलामी पनि पाइने छैनन।

हाम्रो मृत्यु संस्कारको त कुरै हुने वाला छैन। बरू कोरोना र हामी बीचको खेलमा कोरोनाले हाम्रो गोलपोष्टमा हजारौं गोल हानेर जानेछ। हाम्रो हारको पीडा पुस्तौंपुस्तासम्म रहने छ। विश्वमा सबैका मन जितेका कलाकारको परिवारका सदस्यको निधन हुँदा करिब एक सातासम्म लाश नउठेको दर्दनाक दृष्य पनि तपाईं हामीले देखिसक्यौ। वर्तमान सन्दर्भमा पशुपतिनाथमा मुर्दाले मलामी पाउन नसकिरहेको दृष्य समेत हामीले देख्न सुरु गरिसकेको अवस्था छ।

लापरबाही नगरौं१ सचेत बनौं१ घरमै बसौं१ अफवाह नफैलाउँ।

सिंगो मानव जातिका लागि आ(आफ्नो तर्फबाट सक्दो सहयोग गरौं। कोही कसैले काम कम गर्ने तर अनर्गल प्रचार गरी जनताको आत्मबल र आत्मविश्वास कमजोर बनाउने काम नगरौं।

नेपालका सातै प्रदेशबाट कोरोना परीक्षण भइरहेको छ। सबै प्रदेशले कोरोना नियन्त्रण, व्यवस्थापन तथा परिचालनका लागि पर्याप्त कोष रकमको व्यवस्था गरिसकेको अवस्था छ। कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने सुरक्षा निकाय स्वास्थ्यकर्मी तथा कर्मचारीको लागि व्यक्तिगत सुरक्षा सामग्री व्यवस्था बढ्दो छ। दैनिक काम गरेर खाने मजदुरका लागि जीवन निर्वाह गर्न राहतका कार्यक्रम तथा प्याकेजमा सरकारले घोषणा गरिसकेको छ। संघीयताको मर्म अनूरुप तीन तहको सरकारबीच समन्वय, सहकार्य तथा सह(अस्तित्वको परिपाटीको सुरुवात भएको छ। अत्यावश्यक सेवा संचालन गर्न सरकारले आवश्यक निर्णय गरिसकेको छ।

विश्व परिदृष्यलाई नियालेर हेर्ने हो भने मानवमा आशा र भरोसा पलाएको छ। कोरोना विश्वको साझा शत्रू बनेको छ। यस्तो विपत्तिले भाषा, जात, धर्म, राष्ट्रभन्दा माथि उठेर मानव जातिबीचमा एउटा अपनत्व, भाइचारा विकास हुँदै गएको छ। विपत्तिमा मभन्दा पनि हामी संस्कारको विकास भएको छ।

अभावभित्रबाट व्यापक सम्भावना खोज्ने आपत विपद्लाई सहजै स्वीकार गर्ने एवम् हाम्रो पुरातन मौलिक ऐंचोपैंचो संस्कृतिको विकास भएको छ। अझ बढी धैर्य र साहस गर्ने क्षमतामा समेत विकास भएको छ।

नाफाघाटाको जीवन चलाउने विश्व मानव जगतमा एक किसिमको खुसी र विश्वास ब्युँतिएको छ। नागरिक र राज्यबीच आत्मियता बढेको छ। जसले राष्ट्र निर्माणतर्फ समेत प्रगाढ स्नेह ब्युँतिएको छ। सरकारप्रति र शासनप्रति जनताको भरोसा पलाएको छ।

समग्रमा अहिले विश्व मानव चेतनाको विशिष्टीकरण, विविधीकरण, वैज्ञानिकीकरण तथा नविन विश्वव्यापीकरणको परिभाषाको सुरूआत भएको छ। हुँदा खाने र हुने खानेहरू एकठाउँ उभिएका छन्।

(एकराज चौलागाईं तातोपानी गाउँपालिका(५, जुम्ला कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कानुन अधिकृतका रूपमा कार्यरत छन्)
सेतोपाटी

प्रतिकृया दिनुहोस्