OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १६, २०७९
५५६ पटक

१६ असार २०७९ बिहीबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई वृद्धि गर्न स्वदेशीकरण नगरिँदा देशमा गरिबी बढ्दै गइरहेको बताउनु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आज राप्रपा नेपाल कर्णाली प्रदेशले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आन्तरिक उत्पादनलाई बढाउनुको साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरताले देशमा गरिबी बढेको जनाउनु भयो । उहाँले देशका ४० लाख बढी युवा शक्तिलाई वैदेशिक रोजगारीको जोखिमपूर्ण काम लगाउन बाध्य पारिएर आएको विप्रेषणले देशको अर्थतन्त्र धानिएको बताउनु भयो ।

बढ्दो गरिबिका कारणले निमुखा र विपन्नलाई सम्पन्न बनाउने नाममा ईसाइकरण गरिँदा नेपाल धर्म परिवर्तन गर्ने देशहरूमा पहिलो नम्बरमा रहेको उहाँले जिकिर गर्नु भयो । एक फरक प्रशंङ्गमा उहाँले लोकतन्त्रको आडमा केही सीमित राजनीतिक दलका व्यक्तिहरूले रजगज गर्दा विगत १६ वर्षदेखि देश परिवर्तनको आसमा बसेका आम नागरिकका अपेक्षाहरू पुरा हुन नसकेको जनाउनु भयो ।

फरक विचार र राष्ट्रनिमार्णको वैकल्पिक मार्गचित्र बोकेको राप्रपा नेपालले देशको धरातलीय यथार्थ र आवश्यकतालाई दृष्टिगत गर्दै देशको समसामयिक परिस्थिति र मुख्य चुनौतीहरूका बारेमा समाजका विभिन्न वर्ग, क्षेत्र र समुदायसँग विचारको आदानप्रदान गर्ने उद्देश्यले उक्त वृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएकाले राप्रपा नेपालका केन्द्रीय सदस्य ईश्वर श्रेष्ठले जानकारी दिनु भयो । उहाँले कर्णाली प्रदेशका अगुवा कार्यकर्ताहरूलाई पार्टीका अध्यक्षसहित अन्य वरिष्ठ नेताहरूले प्रशिक्षण समेत दिने कार्यक्रम रहेको बताउनु भयो ।

प्रतिकृया दिनुहोस्