कटाक्ष कति गरुँ व्यङ्ग्य गरुँ कति ?
सुध्रिएन बिग्रेको मति, खेरगए शब्द जति ।।
जो छ भ्रष्ट मनको, उसकै छ सत्ता र शक्ति ।
जहाँ पनि पहुँच उनकै, मनपरी गर्छन् मस्ती ।।
दुर्बलहरू लाचार भई, गर्दछन् उनको भक्ति ।
धूर्त बैगुनी उनैमाथि, पुर्याउने रहेछन् क्षति ।।
नियम कानून उलङ्घन गर्छन्, उनैले जबरजस्ती ।
यस्ता छन् देशैभरि, नाम चलेका हस्ती ।।
जति लुटे पनि नपुग्ने, चाहिने कति हो कति ?
बेच्दैछन् पालैपालो, देशलाई सकेजति ।।
युवाहरू खाडी पस्दा, मन पोल्छ भतभति ।
देश खानेहरुको ढुंगे मन, पग्लिदैन हतपति ।।
घुसखोर कमिसनखोरको, नहट्ने भो प्रवृति ।
अचम्मै छ अगुवाहरुको, अथाह अतृप्ति ।।
कहिले होला देशको चन्द्र छुने उन्नति ?
कोसँग छ सतीको श्राप मेटाउने हुती !!
२२ जेठ २०७९, आइतबार
(भिभास चाैधरी हिमशिखर मावि ताताेपानीमा +२ अध्यापनरत शिक्षक हुनुहुन्छ ।)