OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,जेठ ५, २०७९जुम्ला,
४९९ पटक

जेठ ५ गते । जुम्लाको गुठीचौर गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका दानबहादुर बुढा बिजयी हुनु भएको छ । निर्वाचन कार्यालय गोठिचौरका अनुसार कांग्रेसका बुढाले एक हजार सात सय ७५ मत प्राप्त गरी बिजयी हुनु भएको छ । उहाँका प्रत्यासी एकिकृत समाजवादीका उम्मेदवार जनक थकालीले एक हजार छ सय चार मत प्राप्त गरी पराजय हुनु भएको छ । उपप्रमुखमा एकिकृत समाजवादीका शान्ति कुमारी मल्ल भण्डारी बिजयी हुनुभएको छ ।

उहाँले एक हजार पाँच सय तिन मत प्राप्त गरी विजयी हुनुभएको हो । । उहाँका प्रत्यासी नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकन्य बुढाले एकहजार दुईसय १४ मत प्राप्त गर्नुभएको छ ।
गुठीचौरमा ०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी र माओवादीकै जानदेवी ऐडी निर्वाचित भएका थिए । निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार दोस्रो स्थानीय तहको निर्वाचनमा गुठीचौरमा ५ हजार एक सय मत खसेको थियो ।

प्रतिकृया दिनुहोस्