OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २४, २०७९सुर्खेत
४७३ पटक

२४ बैशाख २०७९ शनिबार

आसन्न बैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पुर्याउन आज सुर्खेतमा गरिएको नमुना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएका छन् ।

वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन भएको नमूना मतदान कार्यक्रममा कूल ३६ मत खसेका थिए । जसमा मतगणना गर्दा २४ मत मात्र सदर भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार १० आंशिक र दुई मत पूर्णरुपमा बदर भएका छन् ।

उहाँले सुर्खेतको मतपत्र दुई कोलम रहेकाले वारिपारि दुवैतर्फ छाप लगाउँदा पूर्ण बदर भएको बताउनुभयो । “आजको नमूना मतदानको परिणामले मतदाता शिक्षाको अभाव भएको देखाउँछ,” प्रदेश निर्वाचन अधिकारी चालिसेले भन्नुभयो, “अब यसमा राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई यसबारे सिकाउनुपर्दछ । अन्यथा मत बदर हुने बढी संभावना देखिन्छ ।”

स्थानीय तहको चुनावमा मतदान गर्नका लागि ठूलो मतपत्र भएकाले पनि मतदातालाई अन्यौल भएर मत बदर हुन सक्ने राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका प्रतिनिधि कुमारी भुसालले बताउनुभयो । मतदातालाई निर्वाचन शिक्षा नभएकोले बदर मतको संख्या कम गराउन राजनीतिक दलहरुले मतदाता शिक्षाका विषयमा मतदातालाई बैलैमा जानकारी दिनुपर्ने उहाँको भनाई छ ।

मतदाता शिक्षा कार्यक्रम नरहेपनि मत बदर हुन सक्ने सम्भावनालाई कम गर्न सन्देश प्रवाह गर्ने उद्दे्रश्यले आज नमूना मतदान कार्यक्रम राखिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्