Skip Add

OnlinePana

आज : २०७७ कार्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख ४, २०७७
५० पटक

बैशाख ४, २०७७ बिहीबार

डा. सुबोध ढकाल

विपद् व्यवस्थापनको सवालमा जब समस्या पर्छ अनिमात्र समाधानतिर लाग्ने परिपाटी परम्परा जस्तै बनेको छ । तर कोरोना भाइरस फैलिसकेपछिको समयमा हेर्दा विश्वका सम्पन्न देशहरू पनि विपद् व्यवस्थापनमा चुक्ने गरेको देखिएको छ । जस्तो कि पछिल्लो समयमा अमेरिका कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुने राष्ट्रको रूपमा आइसकेको छ । त्यस्तै स्पेन, इटाली जस्ता देशमा कोरोनाके कारण भइरहेको मानवीय क्षति यसको उदाहरण हो ।

नेपालमा सन् २०१५ को भूकम्पपछि जनता, सरकार र सम्बन्धित निकाय अलि चिन्तित भएको र भूकम्पसम्बन्धी विपद् व्यवस्थापनमा लागेको जस्तो भान हुनथाल्यो । मानिसले पनि आफ्ना संरचना बलियो बनाउनुपर्छ भन्ने हिसाबले अग्ला घर नबनाउने, बलिया र गुणस्तरीय निर्माणसामग्री प्रयोग गर्न थालेको देखिन्थ्यो ।

जब भूकम्पको विपद् बिस्तारै पुरानो हुँदै गयो, यसको संवेदनशीलता बिस्तारै घट्न थाल्यो । सन् २०१९ अप्रिलमा बारा र पर्सा लगायतका तराईका जिल्लामा आएको हावाहुरी र हुन्डरीका कारण धेरै क्षति ब्यहोर्न‘प¥यो । त्यसपछि मात्र हावाहुरीको बारेमा ध्यान जान थाल्यो । त्योभन्दा पहिले त्यस्तो खालको प्रकोप आउनसक्छ भन्ने हेक्का हुन सकेन । त्यस्तै सन् २०१४ मा सिन्धुपाल्चोकको भीमकाय जुरे पहिरोले ठूलो जनधनको क्षति गर्दै सुनकोशी नदी थुनेपछि बल्ल पहिरो सिर्जित ताल र यसपछिको तल्लो तटमा आउनसक्ने बाढीका बारेमा चासो दिन थालियो । उक्त तालको सुरक्षित विस्फोट र व्यवस्थापन ठूलो चुनौतीका रूपमा देखाप¥यो ।

सन् २००० मा पृथ्वी राजमार्गको कृष्णभीर पहिरोले झन्डै एक दशकसम्म ठूलो दुःखकष्ट र क्षति गरेपछि मात्र राजमार्गमा आउनसक्ने ठूला पहिरोका बारेमा ध्यान जान थाल्यो । कृष्णभीर पहिरोको कारण झन्डै एक हप्तासम्म राजमार्गको आवागमन बन्द हुन गई राजमार्गको आवागमनसम्बन्धी अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन हुनगयो । उक्त पहिरोको उचित व्यवस्थापन गर्न करिब आठ, नौ वर्ष लाग्यो र बायोइन्जिनियरिङ्को प्रविधिले ख्याति पाउन थाल्यो । यहाँ प्रस्तुत गरिएका केही उदाहरणले हामीमा विश्वमा विद्यमान र हाम्रोमा सम्भावित प्रकोपका बारेमा आँकलन गर्ने र भविष्यमा आउनसक्ने प्रकोपलाई चिन्ने विपद् व्यवस्थापनको पहिलो र मुख्य पाटोमा नै कमजोरी रहेको देखाउँछन् । यो हाम्रो देशको मात्र समस्या हो भन्न खोजिएको होइन । पछिल्लो अवस्थालाई हेर्दा स्वास्थ्यसम्बन्धी विपद्मा जब समस्या पर्छ अनि समाधान खोज्ने चलन हाम्रोमा मात्र हैन, अति सम्पन्न र सक्षम मानिएका राष्ट्रमा पनि अझै रहेछ भन्ने देखिएको छ ।

सम्भावित सबैखाले प्रकोपको मूल्याङ्कन गर्न चुकिने गरेको अहिलेको अवस्थामा जोखिम न्यूनीकरण गर्न सकिने आधारमा नै भ्वाङ्हरू छन् भन्ने प्रष्ट देखिन्छ । विपद् व्यवस्थापन यस्तो क्षेत्र हो जसमा गहन अध्ययन, चिन्तन, योजना, कार्यदिशा मात्र नभई त्यसलाई उचित र प्रभावकारी कार्यान्वयनबाट प्रमाणित गर्न‘ पनि जरुरी हुन्छ । प्रकोप पहिचानको कुरा गर्दा संसारका जुनसुकै प्रमुख विपद् घटनाको तथ्याङ्क राख्ने, आफ्ना तर्फबाट तिनको मूल्याङ्कन र विश्लेषणसहितको लेखाजोखा गर्ने र हाम्रोमा त्यस्तैखाले विपद् आइलाग्दा के गर्ने भन्ने खालका कुराको खाका बनाइराख्नु अति महत्वपूर्ण हुन्छ । संसारका विभिन्न स्थानका विपद्हरूका कारण, प्रकृति र पृष्ठभूमिको राम्रो विश्लेषण गर्न सकियो भने आफ्नो देशमा विपद्को आँकलन गर्दै सम्भावित जोखिमको न्यूनीकरण समयमै गर्न सहयोग मिल्छ । अन्यत्र देखिएका विपद्लाई बेवास्ता गर्दै जाने हो भने प्रकोप पहिचान र व्यवस्थापन फितलो हुँदै जाने पक्का छ ।

विश्वव्यापी रूपमा एकैचोटि फैलिने महामारी विपद्मध्ये पनि सबैभन्दा संवेदनशील र क्रूर हो भन्नेमा दुईमत नहोला । पछिल्लो समयमा कोरोना भाइरसले संसारलाई त्राहित्राहि बनाइराखेको छ । यसले संसारमा कहीँ कतै देखिएका प्रकोप र विपद्हरूको घटनालाई अन्य सबै देशले लेखाजोखा र विश्लेषण गर्न‘ जरुरी हुन्छ भन्ने कुरालाई अझ प्रष्ट्याएको छ । कोरोनाजस्ता भाइरस इतिहासमा पहिलोचोटी देखिएका पक्कै होइनन् । पछिल्लो दुई दशकको मात्र कुरा गर्ने हो भने सन् २००२/२००३ मा फैलिएको ‘सार्स’ भाइरसले २९ देशका आठ हजारभन्दा बढी मानिस सङ्क्रमित भएको र सात सय ७४ जनाले ज्यान गुमाएका थिए । त्यस्तै सन् २०१३ देखि २०१६ सम्म अफ्रिकी देशमा फैलिएको इबोला भाइरसको प्रकोपले ११ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो । कुनै न कुनै बेला यस्ता भाइरसले विपत्ति निम्त्याउन सक्ने भएकाले यसका लागि हामी सबै तयारी र सबल अवस्थामा रहनुपर्छ भन्ने सन्देशलाई आत्मसात् गर्न नसक्दा अहिलेको कोरोनाले यति धेरै क्षति गर्न सकेको हो । अति चुस्तदुरुस्त स्वास्थ्य साधन, प्रविधि, विज्ञता, स्रोत हुनुका साथै व्यवस्थित र वैज्ञानिक विपद् व्यवस्थापन अङ्गीकार गरिसकेका सबल मुलुकले समेत यो भाइरसको विपत्तिलाई समयमै निराकरण अथवा न्यूनीकरण गर्न नसक्नु यसको ज्वलन्त उदाहरण हो । विकसित र सम्पन्न देशमा सङ्क्रमित हुनेको सङ्ख्या जसरी बढ्दैछ, यसले ती देशको कोरोना जोखिम न्यूनीकरणको पूर्वतयारी, स्वास्थ्य सामग्रीको जोहो अथवा कोरोनाको सङ्क्रमण फैलिने प्रमुख माध्यम वा स्रोतका बारेमा पर्याप्त गृहकार्य नभएको वा फितलो भएको प्रष्ट देखिन्छ ।

के पाठ सिक्नु जरुरी छ भने देश वा व्यक्ति सम्पन्न हुँदैमा सही नीति, योजना, प्रकोप पहिचान, विश्लेषण र पूर्वतयारीको पक्ष फितलो भयो भने कोरोना जस्ता प्रकोपलाई पराजित गर्न सकिँदैन । अमेरिकाजस्तो शक्तिशालीलाई कोरोनाविरुद्ध तयारी गर्न झन्डै एक महिना समय थियो र उसलाई इटालीजस्ता देशकोे खराब नीतिको पनि उदाहरण प्राप्त थियो । साथै उसले चीनको सफलताको कथा पनि बुझ्ने र अवलम्बन गर्ने मौका थियो तर अमेरिकाले कोरोनालाई नियन्त्रणमा राख्न र आफ्ना नागरिकको चाहेजस्तो सुरक्षा गर्न सफल देखिएन । यसको प्रमुख कारण अन्य देशमा भइराखेको कोरोना प्रकोप पहिचान, सङ्क्रमण फैलिने तरिका, ‘ट्रेस’ गर्ने तरिका, उपचारको तरिकाका साथै उपचारविधिलाई समेत लेखाजोखा नगर्न‘ वा बेवास्ता गर्न‘ हो । यसले बलभन्दा बुद्धि ठूलोको हाम्रो कथनलाई समेत चरितार्थ गरेको छ । त्यसैले अमेरिकाजस्तो देशमा यस्तो भयो भने हाम्रोमा के होला भन्ने जस्तो सोचबाट नेपालीहरू पर जानु जरुरी छ ।

हाम्रो बल थोरै भए पनि विश्वमा अहिले चीनको सफलता अनि इटाली र अमेरिकाजस्ता देशका असफलताका कथा बुझ्ने र विश्लेषण गर्न‘का साथै आफ्नो देशको वस्तुस्थितिलाई ध्यानमा राखी सही नीति, तयारी र जोखिम न्यूनीकरणमा लाग्न सक्यौँ भने विश्वमा उदाहरण बन्न सक्नेछांैँ । यो खालको आत्मविश्वासले हामी कोरोनाबाट नेपालीको सुरक्षा गर्न सफल हुनेछौं । तर यसमा सरकार, सरोकारवाला र जनता कसैलाई पनि सानोभन्दा सानो गल्ती गर्ने वा असावधानी राख्ने गुञ्जायस रहँदैन । यो सङ्कटमा जनता पनि उत्तिकै संवेदनशील र जिम्मेवार हुनु जरुरी छ । कोरोनालाई एउटा अवसरका रूपमा लिई यसबाट सिकेको पाठ भविष्यको प्रकोप पहिचान र सफल विपद् व्यवस्थापनमा प्रयोग गर्न‘ जरुरी देखिन्छ । यो काममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जिम्मेवारी दिनु र उसले आफ्नो जिम्मेवारीबोध गर्न‘को विकल्प खोज्नुहुँदैन । (लेखक विपद्विज्ञ हुनुहुन्छ ।) गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्