OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १७, २०८२
१२१ पटक

नेत्र शाही/जुम्ला,

फागुन १७ गते । सरकारले नाग्म गमगडि राजमार्ग कालोपत्रे गर्नका लागि अगाडि बढाएको छ । नाग्म देखी नाग्म सम्मको सड्क बजेट अभावका कारण झण्डै तिन बर्ष देखी रोकिएको थियो । सड्क डिभिजन कार्यालय जुम्लाका अनुसार यस पटक भने अव सरकारले बजेट स्विकृत गरेपछि नाग्म देखी देवारगाउँ सम्मको १५ किलोमटिरका लागि ठेक्का आवह्रान गरिएको जानकारी गरेको छ ।
डिभिजन प्रमुख श्रवण कुमार महताराका अनुसार आईतबार ठेक्का आवह्रान गरिएको छ । उहाँका अनुसार जम्मा रु ९१ करोड ६६ लाख बजेट स्विकृत भएको मध्य ठेक्का कसरी पर्छ सोही अनुसार स्विकृत हुने जानकारी दिनुभयो । उहाँले नाग्म देखी देवार गाउँ सम्मको १५ किलोमिटर कालोपत्रे सड्कमा उच्च स्तरको कालोपत्रे अस्पाल कंक्रिट रहनेगरि ठेक्का आवह्रान गरिएको जानकारी दिनुभयो । उहाँले यो राजमार्गका लागि बहुबर्षिय बजेट स्विकृत भईसकेको जानकारी दिनुभयो ।


चार बर्ष अगािड सिंजाको कनकासुन्दरी गाउँपालिका क्षेत्रमा ६ किलोमिटर कालोपत्रे भएको थियो । त्यस पछिको समयमा बजेट नहुदा सड्क डिभिजन कार्यालयले काम अगाडि बढाउन सकेको थिएन । अहिले जुम्ला निवासी चौलागाईले भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी पाईसकेपछि योजना आयोग हुदै अर्थ मन्त्रालयमा बजेट स्विकृत गरिएको थियो । अर्थ मन्त्री रामेश्वर खनाललाई समेत यो बजेटका लागि वित्त आयोगको अध्यक्ष भएर जुम्ला आउदा देखी अर्थ मन्त्रीको जिम्मेवारी गर्दा सम्म जुम्लावासी तथा मुगुवासीले निरन्तर नाग्म गमगडि राजमार्गको कालोपत्रेका लागि काम गरिदिन हुन अनुरोध गर्दै आएका थिए ।

नाग्म देखी मुगुको सड्क रणनितिक रुपमा उत्तर दक्षिण जोड्ने राजमार्ग पनि हो । सिंजा मुगु नाक्चे लाग्ना चीन जोड्ने सवैभन्दा छोटो सड्क मध्य एक हो । रारा र सिंजामा आउने पर्यटकका लागि बाटो स्तरउन्नति मात्रै हुने हो भने यस क्षेत्रले पर्यटकीय आर्थिक विकासमा समेत ठुलो टेवा पुग्ने देखिन्छ । तर यस क्षेत्रमा काम गर्ने केही निर्माण व्यवसायीले काम अलपत्र पार्ने गरेका कारण पनि साना टुक्रे कामले झन सड्क प्रभावित हुने गर्दछ । ९३ किलोमिटरको नाग्म देखी गमगडि सम्मको राजमार्गका लागि ६ किलोमिटर यसभन्दा पहिलो कनकासुन्दरी करिब ४ बर्ष अगाडि कालोपत्रे भईसकेको र यस बर्ष १५ किमी सड्क कालोपत्रे हुने भएको छ ।

क्याप्सन  : नाग्म गमगडि राजमार्ग तस्बिर नेत्र शाही, जुम्ला ।

प्रतिकृया दिनुहोस्