OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २२, २०७९सुर्खेत
३१६ पटक

२२ बैशाख २०७९, बिहीबार

कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गरिएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले आज अधिवेशन अन्त्य गर्नुभएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बैशाख २१ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख परियारसमक्ष सिफारिस गरिएको थियो । सोही सिफारिस अनुसार प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आज राति १२ः०० बजेबाट कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नवौं अधिवेशनको क्रममा प्रदेशसभाको १७ वटा बैठक बसेको थियो । अधिवेशनको १७औं बैठक गएको चैत्र २१ गते सोमबार सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्