OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १८, २०७९जुम्ला,
१०५१ पटक

नेकपा माओवादी केन्द्रको तर्फबाट चन्दननाथ नगरपालिकामा नगरप्रमुखका उम्मेदवार ३६ बर्षिय जीवन बुढ्थापा मैदानमा उत्रिएका छन् ।
नगरप्रमुखमा बुढ्थापा र उपप्रमुखमा पूर्णिमा विक (रचना) यस पटक चन्दननाथ नगरपालिकाको उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रले मैदानमा उतारेको छ । माओवादीले यूवा नेता बुढ्थापालाई प्रथामिकता दिएपछि नगरपालिकामा चर्चा परिचर्चा हुन थालेको छ ।

स्थानीय तह २०७४ को निर्वाचनमा मेयर नेपाली कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रले बिजयी हाशिल पारेको थियो ।
माओवादीले यूवा नेता बुढ्थापालाई नगरप्रमुखको टिकट दिएर मैदानमा उत्रेपछि नगरपालिकामा आफ्नो नेतृत्वको माओवादी पार्टी बिजय हुने दावी गर्नुभएको छ ।

को हुन जीवन बुढ्थापा ?
चन्दननाथ नगरपालिका २ निवासी जीवन बुढ्थापा हाल माओवादी केन्द्रका यूवा नेताहरु मध्य एक हुन् । २०५६ सालमा माओवादी यूद्ध तातिएको समयमा काठमाण्डौमा विद्यालयमा अध्ययन गर्दै जादा माओवादी निकट विद्यार्थीमा आवद्ध भएको उहाँको राजनितिक पृष्ठभूमि हो । सोही बिचारका आधारमा नेता बुढ्थापा कक्षा १० पढेको समयमा माओवादी विचारमा लागेको भन्दै २०५९ सालमा काठमाण्डौमा गिरफ्तारी परेका थिए ।

वि.सं २०५९ साल असार ३ गते गिरफ्तारी परेर नेपाली सेनाले ४४ दिन पछि हुनुमान ढोकामा जिम्मा लगाएको नेता बुढ्थापाले बताउनुभयो । बुढ्थापाले २२ दिन हनुमानढोका परिसर हुदै १३ महिना जेल जीवन विताएका थिए ।

शान्ति प्रक्रियापछि माओवादीको विभिन्न पदमा आवद्ध हुदै आएका बुढ्थापाले काठमाण्डौ जिल्लाको जिल्ला कमिटि, नेकपा माओवादी केन्द्रको केन्द्रीय आयोजक कमिटि, राष्ट्रिय महाधिवेशन प्रतिनिधी, नेकपाको जिल्ला कमिटि हुदै राजनितिक क्षेत्रमा कार्यरत हुनुहुन्छ । उहाँले यस अघि कर्णाली माध्यामिक विद्यालय अनामनगरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुदा पनि लोकप्रिय काम गरेको दावी गर्नुभयो ।

यस पटक पार्टीले यूवालाई दिएको जिम्मेवारीको पूर्ण पालना गर्ने उहाँले बताउनुभयो । यस कारण नगरवासीले आफुलाई मत दिने आशा र अनुरोध पनि गर्दछु, उहाँले भन्नुभयो । यस पटक पनि नेपाली कांग्रेस र माओवादीको रोचक प्रतिष्पर्धा हुने देखिन्छ । माओवादी र कांग्रेसको मात्रै होईन नेपाली कांग्रेसका बलिया नेता राजुसिहं कठायतको स्वतन्त्र उम्मेदवारी परेपछि कांग्रेसमा तरंग छाएको छ ।

प्रतिकृया दिनुहोस्