OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही बैशाख ८, २०७९जुम्ला,
६८० पटक

जुम्ला वैशाख ८ गते,

यही बैशाख ३० गते हुन लागेको स्थानीयतह निर्वाचन २०७९ लाई केन्द्रीत गरेर जुम्लाका ८ वटै स्थानीयतहमा निर्वाचन अधिकृत  कार्यालय स्थापना गरिएका छन । सदरमुकाम खलंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना  भएसंगै अन्य स्थानीयतहमा निर्वाचन अधिकृत कार्यालय स्थापना भएका हुन ।

हरेक स्थानीयतहको पालिका केन्द्रमा निर्वाचन कार्यालय स्थापना भएको मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन कार्यालय स्थापना संगै स्थानीयतहको निर्वाचनको तयारी विधिवत रुपमा प्रारम्भ भएको हो ।

मुख्य निर्वाचन अधिकृत सिंहका अनुसार,‘स्थानीयतहको निर्वाचनलाई भयरहित र शान्तिुपुर्ण रुपमा सम्पन्न गर्नको लागि सबै संगको समन्वय र सहकार्य हुन आवश्यक देखिएको छ । निर्वाचन कार्यालयहरुले यो भुमिका निर्वाह गर्नेछन । निर्वाचन आचारसंहितको कार्यालयका सवालमा समेत अनुगमन हुने भएको उहाँ थप्नु हुन्छ ।

जुम्लामा जिल्ला अदालत जुम्लाको नवनिर्मित भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको घोषणा गर्दै जिल्ला अदालत जुम्लाका न्यायधिस समेत रहेका सिंहले राजनीतिकदल नै निर्वाचनलाई स्वच्छ, धाधलिरहित बनाउनको लागि सचेत हुनु पर्ने बताउनुभयो ।

यसैगरी जिल्लाको हिमा, कनकासुन्दरी, सिजा गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाले समेत निर्वाचन कार्यालय स्थापना गरेका छन् । हिमा गाउँपालिकामा ठिक ११ बजे कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत तथा सर्वच्व अदालतका ईजलास अधिकृत रितु राईले बताउनुभयो ।

को छन्, निर्वाचन अधिकृत ?
जुम्ला जिल्ला अदालतका न्यायधीस तथा मुख्य निर्वाचन अधिकृत जवार प्रसाद सिंहका अनुसार जिल्लाका सवै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उहाँले मुख्य निर्वाचन कार्यालय र चन्दननाथ नगरपालिकामा जवार प्रसाद सिंह ( जिल्ला न्यायधिस जुम्ला), तातोपानी गाउँपालिकामा सरोजराज रेग्मी ( श्रेष्तेदार जिल्ला अदालत ), तिला निर्मला खड्का (उपसचिव ईजलास अधिकृत सर्वच्व अदालत खटिनु भएको जानकारी दिनुभयो ।

यसैगरी हिमा गाउँपालिकामा रितु राई (उपसचिव ईजलास अधिकृत सर्वच्व अदालत), सिंजा गाउँपालिकामा कर्णबहादुर महत उपन्याधिबक्ता विशेष अदालत सकारी वकिल कार्यालय, कनकासुरन्दरी गाउँपालिकामा जागुराम चौधरी ( प्रमुख कोष नियन्त्रक जुम्ला) पातारासी गाउँपालिकामा सुरेश सुनार, उपसचिव गृहमन्त्रालय, गुठचौर गाउँपालिकामा शभ्भु गौतम निमित्त सहन्याधिबक्ता ( उच्च सरकारी वकिल कार्यालय जुम्ला ) निर्वाचन अधिकृत खटनिु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको तालिका अनुसार ११ र १२ गते उम्मेदवार मनोनयन दर्ता, १२ गते वेलुकी ५ बजेपछि, मनोनयन पत्रको सुची प्रकाशन, वैशाख १३ गते उम्मेदवारको विरोधमा दावी विरोध, १४ गते दावी विरोधमा जाँच तथा निर्णय, १६ गते उम्मेदवारको नाम फिर्ता, १६ गते अन्तिम नामावली प्रकाशन, वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र ३० गते निर्वाचन गर्ने तालिका समेत सार्वजनिक गरिएको छ ।

प्रतिकृया दिनुहोस्