OnlinePana

आज : २०८३ आषाढ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २, २०७९काठमाडौं
६४४ पटक

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय तहको निर्वाचनमा पर्यवेक्षण गर्नका लागि विभिन्न संस्थाबाट २० हजार ४६७ जनाले निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार दिएको जानकारीअनुसार विभन्न ६५ संस्थाबाट उक्त संख्यामा पर्यवेक्षकले निवेदन दिएको जानकारी दिए ।

आयोगले चैत १३ गते निर्वाचन पर्यवेक्षण गर्न चाहने संस्थाहरूलाई विद्युतीय माध्यम (इमेल)बाट निवेदन दिन १५ दिनको म्याद जारी गरेको थियो । ‘स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिई पर्यवेक्षण अनुमतिका लागि गत चैत १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकोमा सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको छ । ती संस्थाबाट प्रस्तावित पर्यवेक्षकको संख्या २० हजार ४६७ रहेकोमा पुरुष ११ हजार ६९४ , महिला ८ हजार ४८२ र अन्य २ सय ९१ जना हुनुहुन्छ ।’

ती संस्थाका निवेदनमाथि जाँचबुझ गरी यथाशीघ्र पर्यवेक्षण अनुमति सम्बन्धि निर्णय लिइने प्रवक्ताले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्