OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
उमेश परियार चैत्र १६, २०७८जुम्ला
३९१ पटक

 

जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका – ५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्याङजुस खादा विरामी परेका छन् । व्यापारीले जथाभावी म्याद नाघेका अखाद्य बस्तु विक्रीवितरण गर्ने गरेका छन् । त्यही म्याद नाघेका अखाद्य बस्तु म्याद नाघेको ट्याङजुस खादा विद्यार्थी विरामी परेका हुन् ।

हिमाली बोडिङ स्कूलका प्रिन्सिपल मन्जील गिरीका अनुसार विद्यार्थीले म्याद नाघेको ट्याङजुस खाएका रहेछन् । उहाँका अनुसार पानीमा पनि केही समस्या हो कि भन्ने आशंका भएपछि पानी परीक्षण पनि गर्न थालिएको छ ।

२६० मध्ये २५ जना विद्यार्थी विरामी भए । विद्यार्थीको पेट दुख्ने, टाउको दुख्ने समस्या देखिएको उहाँले थप्नुभयो । उहाँले बुधबारदेखि आउदो आइतबारसम्म विद्यालय वन्द गरेका छौँ । स्कूल नजिकैको कोभिड अस्पतालमा लिएर औषधि खुवाएपछि अहिले अवस्था सामान्य भएको जानकारी दिनुभयो । यस विषयमा अभिभावकसँग पनि छलफल गर्ने तयारी गरेका छौँ । पारी परीक्षण गरेपछि मात्रै विद्यालय खोल्ने तयारी गरेका छौँ ।

म्याद नाघेको ट्याङजुस अखाद्य बस्तु खाएपछि विद्यार्थी विरामी परेको गुठीचौर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बालराम नेपालीले जानकारी दिनुभयो । उहाँले औषधि खुवाएपछि अवस्था सामान्य भएको छ । पानी, घामले पनि यस्तो समस्या देखिएको हुन सक्छ । अहिले स्वास्थ्य चौकीमा पेट दुख्ने र टाउको दुख्ने विरामी बढी आउने गरेका छन् ।

क्याप्सन : वोडिङ स्कुलमा विद्यार्थी तस्बिर उमेश परियार सामाजिक सञ्जाल ।

 

प्रतिकृया दिनुहोस्