OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १३, २०७८सुर्खेत
३०७ पटक

१३ चैत २०७८, आइतबार

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला ईञ्चार्ज झकबहादुर मल्ल (सुदीप)ले माओवादी पार्टीले समाजवादको उन्नत एजेण्डा बोकेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा आइतबार आयोजित ‘समाजवादोन्मुख समृद्धिका लागि स्थानीय सरकार निर्माणमा प्राध्यापक, शिक्षक, कर्मचारी र बुद्धिजीविहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नेपालका समकालीन पार्टीहरुमा आफ्नो फरक इतिहास निर्माण गरी समाजवादोन्मुख यात्रामा लागेको माओवादी केन्द्र जनताको बलबाट निर्माण भएको बताउनुभयाे । उहाँले यसलाई कमजोर ठान्नेहरु भ्रम रहेको टिप्पणी गर्नुभयो । केन्द्रीय सदस्य मल्लले उत्पीडित जाति, क्षेत्र, लिङ्ग र वर्गको अभिभावकका रुपमा स्थापित पार्टीले जनताकै नजिकमा रहेर काम गरेको जनाउनुभयो ।

“सृजनशील र क्रान्तिकारी विचारको कुलयोगको दस्ताबेज छ माओवादीसँग,” केन्द्रीय सदस्य मल्लले भन्नुभयो, “यद्यपि दलाल पूँजीवादमा भाँसिएको प्रतिक्रियवादी शक्तिहरु आतङ्कित भएर माओवादीका एजेण्डामाथि भ्रम छरिरहेका छन् ।” चुनावमा जनताको मतको व्यापार गर्नेलाई माओवादीले तह लगाउने उहाँको दावी थियो ।

माओवादीले प्रतिकूलताभित्र अनुकूलता खोज्न सक्ने क्षमता राख्दछ भन्दै उहाँले अगाडि भन्नुभयो, ‘हामीले २४० वर्षको नेपालको निरंकुश राजतन्त्रात्मक केन्द्रीकृत शासन व्यवस्थाको अन्त्यगरी लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्यायौं । माओवादी सशस्त्र युद्धको परिणामले मुलुकमा निर्माण भएको संविधान, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समतामूलक समाज र समावेशी समानुपातिक शासन व्यवस्थाले जनतालाई अधिकारसम्पन्न बनाएको छ ।’

यो व्यवस्था कसैलाई अपच भएपनि या यसका विरुद्धमा चरम भ्रम छरेपनि मूलतः माओवादी केन्द्रको एजेण्डामाथि आज देश चलिरहेको केन्द्रीय सदस्य मल्लले जिकिर गर्नुभयो । जनतालाई नजिकको सरकारबाट सहजै सेवा लिन पाउने व्यवस्था जन्माउने माओवादी भएकोले जनताले चुनावमा विवेकपूर्ण ढंगले न्याय गर्ने उहाँको भनाई थियो । जनताकाे पार्टी माओवादीलाई जिताउने गरी सबैलाइ आ‍ आफ्नाे ठाउँमा महत्वपूर्ण भूमिका निर्वाह गर्न उहाँले अनुराेध गर्नुभयाे ।

प्रतिकृया दिनुहोस्