OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ११, २०७८सुर्खेत
९२० पटक

११ चैत २०७८, शुक्रबार

कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा शुरु गर्नको लागि सम्झाैता भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तरगत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डा.डम्बर खड्काले हस्ताक्षर गर्नुभएको छ । प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा. खड्काले चालु आर्थिक वर्षभित्र प्रदेश अस्पताल सुर्खेतमा मिगौला प्रत्यारोपण कार्य सुरु गर्ने गरी सम्झाैता भएकाे जानकारी दिनुभयो । प्रदेश अस्पतालअन्तरगत विभिन्न अस्पतालहरुमा डाइलाइसिस सेवा विस्तार गर्ने जस्ता सम्झौता भएको निर्देशक प्राडा. खड्काले बताउनुभयो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर काला गाउँस्थित प्रदेश अस्पताल सुर्खेतले विशेषज्ञ र ठूला खालका सेवा दिन थालेपछि यसले कर्णालीवासीमा खुशी छाएको छ । प्रदेश सरकारको एकमात्र आफ्नो ठूलो स्वास्थ्य संरचना प्रदेश अस्पतालले सेवामा बढोत्तरी गर्दै लगेपछि यहाँका नागरिकहरुको स्वास्थ्य सुरक्षाको अधिकार सुनिश्चित हुँदै गएको छ ।

पहिलो पटक कर्णाली प्रदेशबाट जटिल खालको स्वास्थ्य उपचार सेवा मानव अङ्ग प्रत्यारोपण सेवा सुर्खेतबाटै हुने भएपछि मिगौला रोगीले सहजै उपचार पाउने र आर्थिक भार कम हुने भएको छ । अब उनीहरुले मृगौला उपचारको सेवा प्रदेश बाहिरबाट लिनुपर्ने बाध्यता हट्ने प्रदेश अस्पाताल सुर्खेतले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्