OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ७, २०७८जुम्ला,
६९१ पटक

जुम्ला । जुम्लामा उधोग बाणिज्य संघको चुनावी सरगर्मि बढेको छ । तीन वर्षे कार्यकाल पूरा गर्दै नयाँ नेतृत्वका लागि उधोग बाणिज्य संघ जुम्लाको १६ ओैँ चुनावी साधारण सभा उद्घाटन संगै चुनावी सरगर्मि बढेको छ ।

देशको तिन खम्बे अर्ततन्त्रनीति मध्यको प्रमुख मेरुदण्ड मानिने निजि क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य संघ जुम्लाको १६ औँ चुनावी साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्नका लागि लोकतान्त्री र बामपन्थी प्यानलबीच निर्वाचन हुदै छ ।

उद्योग बाणिज्य संघको अध्यक्षका लागि अन्तत बामपन्थी र लोकतान्त्रिक दुबै प्यानलबाट उम्मेदवारी घोषणा भइसकेको छ । जसमा बामपन्थी प्यानलबाट व्यवसायी भैरब कठायत र लोकतान्त्रीक प्यानलबाट पुरिचन्द्र देवकोटाले अध्यक्षमा उम्मेदवारी दिएका छन ।

नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानलका देवकोटाको प्यानलबाट प्रथम उपाध्यक्षमा डम्बर खड्का, उपाध्यक्षमा गणेश रोकाया, महासचिवमा टेकेन्द्र नगरकोटी, कोषाध्यक्षमा देवेन्द्र उपाध्याय, सदस्यमा दिलबहादुर रोकाया, सुनिता श्रेष्ठ, लक्ष्मीचन्द्र भट्टराई भुपेन्द्र बुढा, कमल रोकाया र देविप्रसाद चौलागाई सहित १४ जना रहेका छन् ।

उता बामपन्थी प्यानलको प्रथम उपाध्यक्षमा नन्दराज धिताल, उपाध्यक्षमा डँगे सार्की, महासचिवमा पूर्ण आचार्य, कोषाध्यक्षमा कमलबहादुर महत, सदस्यमा पूर्णबहादुर बुढ्थापा, दलबहादुर महतारा, लोगजंग रावल र ज्ञानबहादुर सुनार सहित लेखा समिति, महिला दलित सदस्यगरी १४ जनाको उम्मेदवारी रहेको छ ।

१६ औँ चुनावी साधारण सभाको मतदाता संख्या ५०७ जना रहेका छन् । नयाँ नेतृत्वका लागि मंगलबार विहान ७ बजेदेखि मतदान शुरु हुने जनाइएको छ । निर्वाचनको पुर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै लोकतान्त्रीक प्यालनका अध्यक्ष पुरीचन्द्र देवकोटाले उद्योगी व्यवसायीक हक हित कार्यान्वयन,रैथाने बाली प्रर्बद्धन,सरसफाइ व्यवस्थापन,अनुदानमखी उद्योगको अन्त्य,साना उद्योगीहरुलाई सहुलियत कर्जाको पहल सरकार र केन्द्र महासंघ संग समन्वय गरी औधोगिक क्षेत्रको विकासमा,बजारमा सिसिटिभी जडान गर्ने,व्यवसायीको सुरक्षामा जोड दिन लागि अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो । उवासंघको बरिष्ठ उपाध्यक्ष समेत रहेका देवकोटाले १५ वर्षदेखि उद्योग बाणिज्य संघको विभन्न पदमा काम गरेको अनुभव भएकोले अब नेतृत्व तहमा गएर उद्योगी व्यवासयीका समस्या समधानमा जोड दिने उहाँको प्रतिबद्धता छ ।

यता लोकतान्त्रीक प्यानलका अध्यक्ष भैर कठायतले जुम्लाको रैथानेबाली बजारीकरण सकेको,उत्पादनमुखी उद्योग स्थापना, साना उद्योगीलाई सहुलियत कर्जा का लागि पहल गर्ने लक्ष्य सहित अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो । अघिल्लो निर्वाचनमा पराजित भएका कठायतले यसपाली जित्ने दाबी गरेका छन् । यदपी स्पष्ट बहुमतका साथ जित्ने दुबै प्यनलको आआफ्नै दाबी छ ।

मंगलवार मतदान हुने :

यसैगरी उद्योग बाणिज्य संघ जुम्लाको मतदान मंगलवार हुने भएको छ । अध्यक्ष रजवअलि मनियारका अनुसार मंगलवार विहान मतदान हुने भएको हो । अध्यक्ष मनियारले शान्तिपूर्ण ढंगबाट मतदाताले मतदान गर्न उद्योेगी व्यापारीलाई अनुरोध गर्नुभएको छ ।

लामो समय देखी नेपाली कांग्रेस निकटको वर्चश्वमा भएको जुम्ला उद्योग बाणिज्य संघ जुम्लामा यस पटक बामपन्थी प्यानलले आफुपनि कमजोर नभएको बताएको छ । बामपन्थी प्यानलका उम्मेदवार भैरबहादुर कठायतले खास ब्यापारीको नेतृत्व आफ्नो प्यानलले गर्न सक्ने भएकाले निर्वाचन जित्ने बताएको छ । यता लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेदवार पुरीचन्द्ध देवकोटाले पत्रकार भेटघाट गरेर आफु नेतृत्वमा आएपछि जुम्लामा उद्योग बाणिज्य क्षेत्रको निति गत बिषयमा परिवर्तन गर्ने दावी गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस्