कोरपाटी संवाददाताचैत्र ६, २०७८सुर्खेत

५९६ पटक

६ चैत २०७८, आइतबार
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले निलम्बित गरेका प्रमुख सचेतक ठम्मर विष्ट नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलद्वारा आज बिहान निलम्बन गरिएका विष्ट आजै दिउसो नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । नवप्रवेशी विष्टलाई नेकपा एमालेको वीरेन्द्रनगर सुर्खेतको सिटी हलमा आज आयोजित बृहत कार्यकर्ता भेला कार्यक्रममा उपाध्यक्ष ईश्वर पोखरेलले स्वागत गर्नुभयो ।
एमालेमा प्रवेश गर्नुभएका विष्टले पछिल्लो समयमा पार्टीले मूल्य मान्यता छोड्दै जाँदा विरोध गरिएको र त्यही विरोध गरेर त्यहीभित्र बस्नु उपयुक्त नभएकोले विकल्प खोजिएको बताउनुभयो ।