OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ६, २०७८सुर्खेत
२०३ पटक

६ चैत २०७८, आइतबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्टलाई निलम्बन गरिएको छ ।

प्रदेशसभा सदस्यबाट राजीनामा पेश गरेपछि माओवादी केन्द्रका कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले उहाँले राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन निर्देशन गरेको थियो । निरन्तर पार्टीको विधान विपरित अभिव्यक्ति दिने र गतिविधिका साथै निर्देशनको अवज्ञा गरेको भन्दै नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता शाहीले आज एक प्रेस नोट जारी गरेर प्रमुख सचेतक विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिनुभएको छ ।

इमेलबाट प्रमुख सचेतक विष्टले फागुन २७ गते प्रदेशसभा सदस्यबाट राजीनामा दिएको पत्र दर्ता गराउनुभएको थियो । नेपालको संविधानको धारा १८० (क) बमोजिम प्रदेशसभा सभामुखसक्षम राजीनामा दिनुभएका उहाँले चैत्र ४ गते सदस्य पद छाडेको सनाखत गरेपछि सभामुख राजबहादुर शाहीले उहाँको राजीनामा स्वीकृत गर्नुभएको थियो । विष्टको राजीनामा स्वीकृत र माओवादी केन्द्रको निलम्बनको सूचनासँगै उक्त पद रिक्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्