OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,चैत्र ५, २०७८जुम्ला,
६५६ पटक

चैत ५ गते, नेकपा माओवादी केन्द्र जुम्लाले चुनाव केन्द्रीत राजनैतिक तथा वैचारिक राजनितिक प्रशिक्षण सम्पन्न गरेको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति जुम्लाको आयोजनामा जिल्लामा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रदेश ईन्चार्ज कालिबहादुर मल्ल केन्द्रीय नेताहरु महेन्द्रबहादुर शाही, गजेन्द्रबहादुर महत, नरेश भण्डारी लगायतका नेताहरुले जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण गर्नुभएको छ ।

जुम्लामा जिल्ला स्तरका अगुवा नेता तथा कार्यकतारुलाई निर्वाचन केन्द्रीत प्रशिक्षण गरेर चुनावी अभियान थालिएको हो ।

जुम्लामा संघीय सांसद, प्रदेशसभा –क), तीवटा पालिकाकाको प्रमुख, पाँचवटा पालिकाको उपाध्यक्ष, जिल्ला समन्वय प्रमुख सहित सवैभन्दा बढि वडापालिका विजय हाशिल गरेको माओवादी केन्द्रले यस पटकको स्थानीय तहको निर्वाचनमा पनि आफ्नो पोल्टामा हुने उद्घोष गरेको हो । माओवादी जुम्लाका ईन्चार्ज गजेन्द्रबहादुर महत, केन्द्रीय सदस्य नरेश भण्डारी, जिल्ला अध्यक्ष विर बहादुर कुँवर सहितका सवै नेताहरुले पार्टीलाई एक मत र एक जुट बनाएर माओवादी केन्द्रको किल्ला थप बलियो बनाउन कार्यकर्तालाई फिल्डमा होमिन निर्देशन गर्नुभयो ।

कर्णाली पनि माओवादीको किल्ला नै हुन्छ : ईन्चार्ज मल्ल :
नेकपा माओवादी कर्णालीका ईन्चार्ज कालिबहादुर मल्लले निर्वाचन मार्फत फेरी कर्णालीलाई किल्ला बनाउने बताउनुभयो । जुम्लामा नेकपा माओवादीको बैचारिक तथा राजनितिक प्रशिक्षणमा ईन्चार्ज मल्लले कर्णाली उत्पिडित क्षेत्र र जनता माओवादीलाईनै समर्थन गर्ने कुरामा जोड दिनुभयो ।

उहाँले अव निर्वाचन आईसकेकाले बहुमत जनताले माओवादीलाई विश्वास गर्नेमा जोड दिदै गृहकार्य गर्न जुम्लाका अगुवा नेताहरुलाई निर्देशन दिनुभयो । नेकपा माओवादी केन्द्र जुम्लाले थालेको राजनैतिक तथा वैचारिक प्रशिक्षणमा उहाँले पार्टी, नेता कार्यकर्ता पुरै निर्वाचनमा होमिन समेत अनुरोध गर्नुभयो । उहाँले नेपालमा पछिल्लो समयमा समस्याको रुपमा आएको एमसिसिमा व्याख्यात्मक टिप्पणीले मुलुकको निकास भएको समेत बताउनुभयो ।

उहाँले नेपालमा पछिल्लो परिवर्तनका एजेण्डाहरु माओवादीको नेतृत्वमा भएकाले अव गाउँ गाउँमा लैजान कार्यकर्तालाई प्रोत्साहित गर्नुभयो ।
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा माओवादी केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले लडेर ल्याएको परिवर्तनको सस्थागत गर्नुपर्ने बताउनुभयो ।
माओवादी केन्द्र जुम्लाका ईन्चार्ज तथा केन्द्रीय सदस्य गजेन्द्रबहादुर महतले जुम्लामा माओवादी वाहेक कसैले जित्ने भन्ने दिवासपना भएको बताउदै नेता कार्यकर्ताहरु गुट उपगुटमा नलाग्न अनुरोध गर्नुभयो ।

नेकपा माओवादीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद नरेश भण्डारीले जुम्लामा विकासका आयम माओवादीले ल्याएको दावी गर्दै जनतामा माझमा लैजान कार्यमर्तामा निर्देशन दिनुभयो । उहाँले असम्भव भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल विश्व विद्यालयको रुपमा स्थापित भएको बताउदै धौलिगाड आयोजना पनि माओवादी पार्टीको भिजन भएको बताउनुभयो । उहाँले सिञ्जा सभ्यता संरक्षण तथा विकास विद्ययक, पर्वतीय विज्ञान तथा प्रविधि विश्व विद्यालयको संसदमा वहश भईरहेकोमा जोड दिनुभयो ।

नेकपामा माओवादी केन्द्र जुम्ला जिल्ला समन्वय समितिका अध्यक्ष तथा प्रदेश सहसचिव विरबहादुर कुँवरले माओवादीको नेतृत्वमा ल्याएको संविधान, संघीयता, गणतन्त्र, समावेशीताको बिषय जनता माझमा लैजान जोड दिनुभयो । प्रशिक्षण कार्यक्रममा नेता कार्यकर्ताहरुलाई स्थानीय तहमा बलियो बनाउन जोड दिईएको छ ।

प्रशिक्षणमा स्थानीय तहको बस्तुगत अवस्था समेत प्रतिवेदन प्रस्तुत समेत गरिएको छ । चन्दननाथ नगरपालिका सहित सवै तहका अध्यक्षहरुले आ आफ्नो स्थानीय तहको प्रतिवेदन अध्यक्ष मार्फत प्रस्तुत गरिएको थियो । माओवादीले अव स्थानीय स्तरमा प्रशिक्षण तथा गतिविधि बढाउने बताएको छ ।

प्रतिकृया दिनुहोस्