OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ५, २०७८सुर्खेत
५९८ पटक

५ चैत २०७८, शनिबार

वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत रत्न राजमार्ग खण्डमा टिप्परसँग ठोक्किदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका. ११ सुर्खेत सेडा स्कुल नजिक रत्न राजमार्गमा पिपिराबाट धुलियाबिटतर्फ गइरहेको भे.१.ख ३३०२ नम्बरको टिप्पर र सोही दिशाबाट आउदै गरेको भे.७.प १७९९ नम्बरको मोटरसाईल आज दिउसो करिब १२ः०० बजेतिर टिप्परको पछाडि ठोकिएको थियो । उक्त मोटरसाइकल टिप्परसँग ठोक्किदा लेकबेसी नगरपालिका ५ सुर्खेत नेटागाउँका १७ वर्षीय लक्ष्मी पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

किशोरीको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा घाइते मोटरसाइकल चालक लेकबेसी नगरपालिका ८ सुर्खेतका २२ वर्षीय मिलन वि.क. र त्यसमा सवार सोही नगरपालिका ५ नेटाकै १७ वर्षीय सन्दिपा पुलामीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । उहाँका अनुसार घाइते दुवैको अवस्था सामान्य रहेको छ ।

टिप्पर चालक बाँसगढी नगरपालिका ५ बर्दियाका ३१ वर्षीय राजु थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्