OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ४, २०७८काठमाडौं
५२२ पटक

चैत ५ गते, उद्योग बाणिज्य महासंघ नेपालका पूर्व अध्यक्ष तथा सार्कका उपाध्यक्ष चण्डिराज ढकालले कर्णालीको अर्गानिक उत्पादनले उद्योग क्षेत्रमा परिवर्तन हुने.बताउनुभयो ।
उद्योग बाणिज्य संघ जुम्लाको १६ औ साधारणसभाको उद्धाटन सत्रमा उहाँले जुम्ला र कर्णालीको स्थानीय अर्गानिक उत्पादन बढाउन उद्योगी व्यवसायीहरुलाई उत्साहित गर्नुभयो । यहाँको अर्गानिक उत्पादन मार्सीधान, स्याउ, सिमी, ओखर, अनाज उत्पादनमा बृहत बृद्धि गरियो भने विश्व बजारमा बिक्री हुनेमा दुईमत नभएको बताउनुभयो ।

उहाँले अहिले जुम्लाको मार्सी धान ब्राण्डको रुपमा अगाडि बढेको भन्दै अर्गानिक उत्पादन सहित यहाँको जडिवुटिको उद्योग, पर्यटन व्यवसायको भविश्य राम्रो भएकाले त्यो आधार गर्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले कोरोनाका कारण व्यवसाय धरापमा परेका कारण व्याज अनुदानमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ आउने नेतृत्व शशक्त आउनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति जुम्लाको उपप्रमुख कार्मा बुढाले उद्योग बाणिज्य संघ जुम्लाले पछिल्लो समय सामाजिक क्षेत्रमा समेत काम गरेको बताउदै आगामी दिनमा यस्ता काम बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले उद्योग बाणिज्य संघमा सवैको सहभागिता बढाउन अनुरोध गर्नुभयो ।

उद्योग बाणिज्य महासंघ नेपालका नगर गाउँपालिका उपाध्यक्ष तथा व्यवसायी दिनेश श्रेष्ठले हरेक व्यवसायीले एक हजारमा १० रुपैया कर तिर्नेगरी व्यवसाय गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले राज्य व्यवसायीलाई कर तथा व्यवसायमा प्रशिक्षित गर्ने बिषयमा जोड दिनुपर्यो । उहाँले जुम्लामा पनि ठूला उद्योग दर्ता गर्न आवश्यक रहेको बताउनुभयो ।

उद्योग बाणिज्य संघ कर्णालीका अध्यक्ष अध्यक्ष पदमबहादुर शाहीले उद्योग बाणिज्य क्षेत्रमा सरकारले कर्णालीलाई प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले कर्णालीको उत्पादन, प्रवर्धनमा उद्योग बाणिज्य महासंघले लगानी गर्न अनुरोध गर्नुभयो ।

उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष रजवअली मनियारले आफ्नो कार्यकालमा योजना बनाएर प्रभावकारी काम गर्ने भएतापनि कोरोनाले प्रभाव पारेको बताउनुभयो । उहाँले तर पनि कोभिडमा राहात वितरण, खाद्यन्न आपुर्ति, विरामीलाई एम्वुलेन्स सेवा देखी विभिन्न काम भएको बताउनुभयो । उद्योग बाणिज्य सघ जुम्लाको १६ औ चुनावी साधारणसभाले नयाँ नेतृत्व चयन हुने भएको छ । उद्धाटन सत्रमा जिल्ला स्थित राजनैतिकदलका प्रतिनिधिहरुले शुभकामना समेत दिएका छन् ।

करबढि तिर्ने व्यापारी सम्मानित :

यसैगरी ठूलो व्यवसाय गरेर राज्यलाई करबढि तिर्ने व्यापारीलाई साधारणसभामा सम्मान गरिएको छ । सम्मानित हुनेमा रविजनरल स्टोर, सुरज ट्रेडर्स, शिवालय ट्रेडर्स, लुम्विनि ट्रेडर्स,सागर हार्डवयर, बिपिन ट्रेडर्स र कैलास जनरल स्टोर रहेको छ ।

क्याप्सन :उद्योेग बाणिज्य संघका पूर्व अध्यक्ष तथा एशिया उपाध्यक्ष चण्डिराज ढकाल वोल्दै तस्बिर नेत्र शाही जुम्ला ।

 

प्रतिकृया दिनुहोस्