OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कल्पना रावत चैत्र १, २०७८जुम्ला,
७२८ पटक

जुम्ला,चैत्र १ गते, प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले सवै सरकारी कार्यालयका कार्यक्रममा अर्गानिक खाजा खुवाउन निर्देशन गर्नुभएको छ ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा प्रजिअ प्रसाइले जुम्लाका सवै सरकारी कार्यालयमा खाजा खुवाउन उत्तम भएको बताउनुभयो । उहाँले बजारको खाजाले स्वास्थ्यमा असर हुने भएकाले सकभर कार्यक्रमहरुमा जिल्लाकै अर्गानिक खाजामा जोड दिन अनुरोध गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी प्रसाईले अर्गानिक जिल्ला घोषणा भईसकेको जिल्ला भएकाले यहाँको खाजा तथा खानामा अर्गानिकमै जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले जिल्लाका होटलहरुमा स्तरीकृत गर्न समेत आवश्यक रहेको बताउनुभयो । स्तरिकृत गरेमा राम्रो होटल र सेवाको प्रतिस्पर्धा हुनेमा जोड दिनुभयो । प्रजिअ प्रसाईले यो बर्ष बजार अनुगमनको कामलाई तिब्र बनाईएको र एक बर्षमा दुईलाख ४८ लाख छ सय ८९ रुपैयाको मिति नाघेको खाद्य सामग्री नष्ट गरिएको बताउनुभयो ।

विश्व उपभोक्ता दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन जुम्लाको आयोजना र स्थानीय प्रशासनको समन्वयमा कार्यपत्रको प्रस्तुतीकरण गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख डाक्टर ईश्वर सुवेदीले प्रस्तुत गर्नु भएको कार्यपत्रमा खाद्य सुरक्षा तथा स्वच्छताको बिषयमा जानकारी गरिएको छ ।

कार्यपत्रमा धेरै जसो सार्वजनिक तथा निजी स्थलका खाना र भान्सा व्यवस्थापनमा अहिले पनि चिन्ताजनक भएकाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समयमा खाद्य बस्तु तथा खानाको गुणस्तरताको बिषयमा समेत सारंसमा जानकारी गराउनु भयो ।

उपभोक्ता अधिकार दिवसको अवसरमा ऐतिहासिक तथा कानूनी पृष्ठभूमिको बिषयमा जानकारी गरिएको थियो । दिवसको अवसरका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई जुम्लाका प्रमुख गंगा पोख्रेलले उपभोक्ता अधिकारको बिषयमा जानकारी गराउनु भएको थियो ।

उहाँले संयुक्त राष्ट्रसंघ अनुवन्ध १९८५ र उपभोक्ता अधिकार संरक्षण ऐन २०७४ ले उपभोक्ताका अधिकारलाई सुनिश्चत गरिएको बताउनुभयो । उहाँले उपभोक्ताका ८ वटा आधारभुत अधिकारहरु सुरक्षा, सचित, छनौट, सुनुवाई, उपभोक्ता शिक्षा, क्षेतिपुर्ति, आधारभुत आवश्यकतामा पहुच र स्वस्थ्य तथा स्वच्छ वातावरणमा पहुँच रहेको थियो ।

नेपाल पत्रकार महासंघ शाखा कार्यालय जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले उपभोक्ता अधिकारमा उपभोग र सेवाको बिषयमा सचेत हुनुपर्ने, वहश पैरवी र सचेतनाका कार्यक्रम बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले उपभोक्ता अधिकारमा अभियान, अनुसन्धान र कार्यक्रम कम भएकोमा जोड दिनुभयो ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले उपभोक्ता अधिकारका बिषयमा धेरै कानूनहरु निर्माण भएका तर कार्यान्वयन हुन कठिन भएको बताउनुभयो । उहाँले कार्यक्रममा स्थानीय सरकारको उपस्थिति नहुनु बिडम्बना भएको बताउनुभयो ।

किसान रामकृष्ण बुढ्थापाले अर्गानिक जिल्लामा जैविक मल उत्पादन कमी भएर चुनौति भएको बताउनुभयो । उहाँले अर्गानिक जिल्ला घोषणा भएपनि अझै आधार तयार नभएको बताउनुभयो ।पछिल्लो समय उपभोक्ता अधिकारका बिषयमा वहश चर्चा भईरहेपनि ग्रामिण क्षेत्र क्षेत्रमा सचेतना कमै भएको देखिन्छ ।

प्रतिकृया दिनुहोस्