OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २९, २०७८जुम्ला,
६०० पटक

जुम्ला÷फागुन २९ गते,
भारतको नागल्याण्डमा हुने खेल प्रतियोगितामा भाग लिन जुम्लाका ४ खेलाडी जाने भएका छन् ।

२७ मार्च २०२२ मा हुने सार्क स्तरीय क्रसकन्ट्री प्रतियोगितामा भाग लिन छनौट भएका जुम्लाका चार खेलाडीलाई जिल्लाबाट विदाई गरेको हो । एथेलेटिक्स खेलाडीहरु बन्धना बुढा, राममाया बुढा, समिता बुढा र दिपेन्द्रबोहरा जुम्ला काठमाण्डौ हुदै भारतको नागल्याण्डमा जाने भएका कर्णाली स्पोर्ट क्लबले जानकारी दिएको छ । क्लवका सहसचिव धनराज सुनारले बन्धना बुढा सिनियर र अन्य तिन जना जुनियर दौड प्रतियोगितामा भाग लिने छन् ।

खेल प्रतियोगितामा भारत जाने खेलाडीलाई क्लबको आयोजनामा विदाई कार्यक्रम समेत गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही र चन्दननाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर महतले दोसल्ला र अविरले विदाई गर्नुभएको छ ।

विधाई कार्यक्रममा खेलाडीहरुलाई अग्रिम शुभकामना समेत दिईएको छ । महासंघका अध्यक्ष शाहीले खेल क्षेत्रमा म्याराथुन धावक हरिबहादुर रोकायाको योगदानले एथेलेटिक्समा खेलाडिहरु जन्माउनुका साथै खेलाडीहरुले जुम्ला र नेपालको नाम शिर उचो हुने गरि जित हाशिल गर्ने गरेकाले भारतमा जाने खेलाडीलाई पनि अग्रिम बिजयको शुभकामना दिनुभयो । चन्दननाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर महतले भारतमा पनि नेपालको ईतिहास कायम गर्ने गरी ढुक्क भएर खेल खेल्न प्रोत्साहन गर्नुभयो । विदाई अन्तराष्ट्रिय धाविका सुनमाया बुढा समेत सहभागि हुनुहुन्थ्यो ।

 

प्रतिकृया दिनुहोस्