OnlinePana

आज : २०८२ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २६, २०७८
८१४ पटक

२६ फागुन २०७८, बिहीबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णाली प्रदेशसभाबाट पारित दुईवटा विधेयक आज प्रमाणीकरण गर्नुभएको छ ।

कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले बुधबार साँझ ७ः३० बजे ‘कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आव.०७८÷०७९ को सेवा र कार्यका लागि कर्णाली प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

प्रदेशसभा सचिवालयबाट प्राप्त दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज प्रदेश प्रमुख परियारले प्रमाणीकरण गर्नुभएको सूचना प्रेस विज्ञप्तिमार्फत कर्णाली प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभएको छ ।

 

 

प्रतिकृया दिनुहोस्