OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,फागुन २५, २०७८÷जुम्ला,
७४९ पटक

फागुन २५ गते । वाईसिएल नेपाल जिल्ला कमिटि जुम्लाले हंश बस्नेतको संयोजकत्वमा ७१ सदस्यीय जिल्ला समन्वय समिति बिस्तार गरेको छ ।
जिल्लामा सम्पन्न बिस्तारित वैठकले जिल्ला समन्वय समिति गठन गरेको संयोजक बस्नेतले जानकारी दिनुभयो । संयोजक बस्नेतका समन्य समितिका सचिवमा प्रशान्त श्रेष्ठ चयन हुनु भएको छ ।

संयोजक बस्नेतका अनुसार जिल्ला स्तरीय समन्वय समिति गठन सँगै निर्वाचन क्षेत्र अन्तरगत नेतृत्वको समेत भूमिका समेत दिईएको छ । प्रदेश (क) ईन्चार्जमा लंक कार्की, प्रदेश (ख) इन्चार्ज मनराज शाही चयन हुनु भएको छ । यसैगरी प्रदेश (क) को संयोजकमा संगिता आचार्य, प्रदेश (क) सचिव मनसिंह नेपाली, प्रदेश (ख) संयोजक हरिकृष्ण रावत, प्रदेश (ख) को सचिवमा किरण खत्री चयन हुनु भएको छ ।

बिस्तारित वैठकमा वाईसियल नेपालका प्रदेश ईन्चार्ज बिष्णुृबहादुर महत र नेकपा माओवादी पार्टी जिल्ला संयोजक बिरबहादुर कुँवर तथा स्थानीय तहका पार्टी ईन्चाजहरुको सहभागिता रहेको छ ।

वाईसिएल जिल्ला संयोजक बस्नेतले वाईसिएलले जिल्ला स्तरको संगठन बिस्तार गर्ने समेत बताउनुभयो । उहाँले नगरमा ६५ सदस्यीय समन्वय समिति, गाउँपालिका स्तरीय ४१ सदस्यीय तथा वडा स्तरीय २९ सदस्य समन्वय समिति गठन गरिनेछ । यसैगरी प्रदेश (क) र (ख) मा ७५,७५ सदस्यीय समन्वय समिति गठन हुनेछन् । यसैगरी पालिका स्तरमा २८ गते कार्यक्रम समेत हुने भएको बताईएको छ ।

 

प्रतिकृया दिनुहोस्