OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २५, २०७८जुम्ला,
३९६ पटक

जुम्ला ÷जुम्लाको चन्दननाथ नगरपालिकामा माओवादी निकटको भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी चन्दननाथ नगरपालिकाले पनि दिवस मनाएको छ ।
माओवादी पार्टी कार्यालयमा दिवस औपचारिक कार्यक्रम गरि मनाईएको अनेमसंघ क्रान्तिकारीले बताएको हो ।

नगर ईन्चार्ज छिरिङ ल्हामु लामा तामाङको अध्यक्षतमा संगठनका महिलाहरुले ११२ औ महिला दिवस मनाएका हुन् । दिवसको अवसरमा ईन्चार्ज छिरिङले महिलाहरुको अधिकार प्राप्तीका लागि वहश गर्ने, पैरवि गर्ने दिन भएको हुदा दिवसलाई भब्य रुपमा मनाईनुपर्ने बताउनुभयो ।

उहाँले श्रमिक महिला दिवसको अवसरमा नेपालमा राजनितिक परिवर्तन सँगै माओवादीको नेतृत्वमा भएको जनयूद्ध हुदै जनआन्दोनको प्राप्तिमा आएको संविधान र गणतन्त्रले महिला अधिकार सुनिश्चत गरेको बताउनुभयो । उहाँले तर पनि महिलाहरु हिंसामा परेको भन्दै अव जाग्नुपर्ने अवस्था आएकोमा जोड दिनुभयो ।

अनेमसंघ क्रान्तिकारीले पार्टी कार्यालयमा कार्यक्रम गरेर जिल्लाको मुल रयाली कार्यक्रममा सहभागी भई टुडिखेलमा सहभागि भएको थियो । महिला दिवस अवसरमा चन्दननाथ नगरपालिका सहित जिल्लाका सवै तहले भब्य रुपमा मनाउदै आएका छन् ।

प्रतिकृया दिनुहोस्