OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २४, २०७८जुम्ला,
५३९ पटक

जुम्ला । जुम्लामा महिला हिंसा अन्त्यका लागि हस्ताक्षर संकलन गरिएकाे छ । ११२ ओैँ अन्तराष्टि्य महिला दिवसका अबसरमा नेपाली सेनाकाे खेलमैदानमा हस्ताक्षर संकलन गरिएकाे हाे । महिला विरुद्द हुने सबै किसिमका हिंसा अन्त्यकाे प्रतिबद्दता सहित झण्डै २ सय जनाबढीले हस्ताक्षर गरेका छन् ।

अनाैपचारिक सेवा केन्द्र ईन्सेक तथा मानव अधिकार रक्षक संजाल जुम्लाकाे आयाेजनामा हस्ताक्षर संकलन गरिएकाे थियाे ।

संजालका अध्यक्ष राज बहादुर महत तथा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले हस्ताक्षर संकलन कार्यक्रमकाे संयुक्त हस्ताक्षर गरि उद्घाटन गरेका थिए ।
झण्डै २ सय जना बढी नागरिककाे हस्ताक्षर संकलन भएकाे छ । महिला माथि हुने सबै खाले हिंसा अन्त्यका लागि हस्ताक्षर संकलन देखि अन्य सचेतिकरणका कार्यक्रम आबश्यक रहेकाे मानव अधिकार रक्षक सजालका अध्यक्ष राज बहादुर महतले बताए ।
उनका अनुसार संविधानले आर्थिक,सामाजिक र राजनीतिमा सम्मान  सहभागिताकाे अधिकार सुनिश्चिता गरेपनि कार्यान्वयनमा कन्जुसाई देखिएकाेले हस्ताक्षर संकलन जस्ता दबाब मुलक कार्यक्रम गरि हिंसा न्युनिकरण तथा अधिकार कार्यान्वयनका जाेडदिनु पर्ने उनकाे भनाई छ ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले महिला हिंसा अन्त्य,महिला पुरुष बीचकाे विभेद अन्त्य बिना समाज रुपान्तरण सम्भव नभएकाे बताए ।

महिला दिवसलाई देउडा, र नारामा मात्रै,सिमित गर्नु भन्दा हिँसा न्युनिकरण गर्न हस्ताक्षरण संकलन,पिडित महिलाकाे वकालत,विपन्न महिलालाई राहत वितरण जस्ता कार्यक्रममा जाेड दिनुपर्ने उनकाे भनाई छ । महिला हिंसा न्युनिकरणका लागि हस्ताक्षरण संकलनले आम नागरिकलाई जिम्मेवार बनाउने अपेक्षा गरिएकाे छ ।

प्रतिकृया दिनुहोस्