OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २४, २०७८जुम्ला,
५०२ पटक

print sharing button

 

जुम्ला ।  जुम्लाका आठै स्थानीयतहले ११२ औँ अन्तराष्ट्यि महिला दिवश विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाएका छन् । जुम्लाको एक नगरपालिका सहित सात गाउँपालिकाले आफ्नो पालिकाको केन्द्रमा पालिकाभरीका महिलाको सहभागितामा दिवश मनाएको छ ।

जसमा चन्दननाथ नगरपालिकाले नेपाली सेनाको टुडिखेल मैदानमा भव्य समारोहका बीच महिला दिवस मनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्की,प्रजिअ विजयाकुमारी प्रसाँइ,मेयर कान्तिका सेजुवाल,सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता थियो ।

भने कार्यक्रममा सडक नाटक देखि देउडा प्रस्तुत गरिएको थियो । दिवशका अबसरमा चन्दननाथले महिला बालबालिकाको क्षेत्रमा निरन्तर कलम चलाएको भन्दै पत्रकार दिलमाया शाहीलाई सम्मान गरेको छ ।

कार्यक्रममा मेयर कान्तिका सेजुवालले महिलाहरु स्वयम आफु पिडा खेपेर बस्न नहुने भन्दै अधिकार खोज्न सक्षम हुनु पर्ने बताइन् । संविधानले प्रत्याभुत गरेका महिलाका अधिकार कार्यान्वयनमा नेतृत्व पंक्तीले कन्जुसाइ गरे खोस्नु पर्ने उनको तर्क छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले अझै सम्मान कामको सम्मान ज्याला नपाउने र हरेक हरेक क्षेत्रमा महिला पुरुष बीचको विभेद कायमै र हरेकोले यसका विरुद्ध साँझा अभियान र सेचतना कार्यक्रम गर्नुपर्ने बताईन् ।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले अधिकार प्राप्तीका लागि महिलाले घरबाटै संघर्ष र विद्रोह गर्नुपर्ने बताए । पिडा सहेर बस्ने, अधिकार पनि पाएनौ भन्ने महिलाकै कारण महिला हिंसा बढेको छ । उनले भने,“महिला पुरुषबीचको विभेद अन्त्य नगरी समृद्ध समाज निर्माण सम्भव छैन् । त्यसैले आर्थिक,सामाजिक र राजीतिकमा महिलाको सम्मान पहुँच सुनिश्चिताका लागि निर्णाक बहस हुन जरुरी छ ।”

त्यस्तै तातोपानी गाउँपालिकाले पनि ११२ औँ महिला दिवस भव्य रुपमा मनाएको छ । तातोपानीको ३ नम्बर वडा कार्यालय परिसरमा पालिकाभरका महिलाको सहभागितामा देउडाकाे आयाेजना गरि दिवश मनाइएको छ ।

कार्यक्रममा उपाध्यक्ष गंगादेवी उपाध्यायले महिलाका अधिकारहरु संघियतापछि सस्थागत हुदै गएको बताईन् । अपेक्षित रुपमा महिलाका अधिकार कार्यान्वयन हुन नसकेको भन्दै अधिकार प्राप्तीका लागि स्वयम महिलानै सशक्त भएर अघि बढनुपर्ने उल्लेख गरिन् ।

३ नम्बर वडाध्यक्ष डिल्ली रावलले महिला नेतृत्वमा आउने, आफ्ना हक अधिकारको खोजी गर्ने अबस्थामा पुग्नुनै माओबादी आन्दोलनको योगदान रहेको बताए । उनले महिला पुरुषबीच विभेद अन्त्य बिना समाज रुपान्तरण सम्भव नभएकोले महिला माथि हुने सबै खाले हिंसा न्युनिकरणका लागि एकबताबद्ध भएर अघि बढ्नु पर्ने उल्लेख गरे ।
यसका साथै तिला,हिमा,सिंजा,कनकासुन्दरी,पातारासी, र गुठिचौर गाउँपालिकामा दिवशलाई भव्य रुपमा मनाइएको जानकारी प्राप्त भएको छ ।  सबै स्थानिय तहकाे महिला तथा बालबालिका शाखाकाे आयाेजनामा महिला दिवस मनाईएकाे हाे ।

 

 

 

प्रतिकृया दिनुहोस्