OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २४, २०७८जुम्ला,
३६४ पटक

जुम्ला फागुन २४ गते,
११२ औ महिला दिवसको अवसरमा पत्रकार दिलमाया शाही सम्मानित हुनुभएको छ ।

दिवसको अवसरमा चन्दननाथ नगरपालिकाले महिला वालवालिका क्षेत्रमा लेखन कार्यमा काम गरेवापत  सम्मानित गरेको हो ।
शाहीलाई जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, चन्दननाथ नगरपालिकामा मेयर कान्तिका सेजुवाल र प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले औपचारिक कार्यक्रममा संयूक्त सम्मान गर्नु भएको छ ।

नगरपालिकाले पत्रकारलाई समेत सम्मान गर्ने कामको थालनीका लागि धन्यवाद ज्ञापन गरेका छन् । पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले पत्रकारलाई सम्मान कार्यक्रम स्थानीय सरकारको सृजनात्मक र प्रोत्साहन दिने कार्यक्रम रहेको बताउनु भयो ।

पत्रकार दिलमाया शाही जुम्ला तिला गाउँपालिका ३ निवासी स्थायी बासिन्दा हुनुहुन्छ । शाहीले रेडियो नारी आवाज हुदै थाहाँ खबर, न्यूज कारखाना र महिला जागरण अनलाईन संचालक समेत हुनुहुन्छ । पत्रकार शाही हाल पत्रकार महासंघ जुम्लाकाे उपाध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्