OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २२, २०७८काठमाडौं
९१० पटक


जुम्ला ः चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने –महतले) जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गरिएकी छन । जनता संग नगर उपप्रमुख कार्यक्रम अन्र्तगत सामाग्री उपलब्ध गराइएको हो ।
उनले भनिन, कैदीबन्दी लाई खेलकुदका सामग्री संगै फिल्टर पनी बितरण गरिएको छ । उनले भनिन,“२ सेट भलिबल,४ सेट ब्याटमिन्टन र १ सेट क्यारेमबोर्ड दिइको छ । शुद्ध खानेपानीका लागि ५ वटा फिल्टर समेत दिइएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।उपप्रमुख न्यौपानेले कारागारका कैदीबन्दीलाई भेटर कारागार भित्रका समस्याका बारेमा जानकारी समेत लिएको छ ।

उनले भनिन, कारागार भित्र खेलकुदसामाग्री र शुद्ध खानेपानीका लागि फिल्टर आवश्यक छ भन्ने गुनासो थियो । त्यही गुनासो संवोधन गर्न सामाग्री लिएर कारागारमै पुगे,उपप्रमुख न्यौपानेले भनिन,‘कैदीबन्दी उत्साहित थिए । ’
त्यस्तै जुम्ला कारागारमा १ सय १४ जना कैदीबन्दी छन । जुम्ला कारागारका कैदी खड्कजीत रोकायाले जेल जीवन विताएका कैदीको लागी खेलकुदको समाग्रीले निकै राहत भएको बताए । उनले भने,‘कारागार भित्र कैदीबन्दीले भोगेका समस्या संवोधन गर्न नगरउपप्रमुख आउनु भएकोमा निकै खुसी भयौँ । यो सेवा कहिल्यै भुल्न सकिने छैन । ’
रोकायाले भने,‘यी तत्कालका आवश्यकता पुर्ति भए ।

तर यहाँ फर्निचर निर्माण गर्ने देखि सिलाइबुनाईका तालिमको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । जसका लागि नगरपालिका सरकारलाई अपिल गरिरहेका छौँ ।त्यस्तै कारागार भित्र पुस्तकालय छ ।यो धेरै राम्रो काम हो । तर नयाँ नयाँ पुस्तक व्यवस्थापन हुन सकेको छैन । कारागार भित्र पौढ शिक्षाको समेत आवश्यकता रहेकोमा जोड दिएका थिए । जसका लागि नगरपालिकाबाट एक जना शिक्षकको व्यवस्थापन गर्न समेत आग्रह गरेका थिए ।

उपप्रमुख न्यौपानेले कैदीबन्दीले राखेको माग जायज भएको बताइन् । उनले भनिन्,‘माग निकै जायज छन । मागको उचित संवोधनका लागि सक्दो पहल गर्नेछु ।’ कारागारमा सफा खानेपानी प्रबन्ध नभएको,खेलकुद सामाग्रीको अभाव रहेको र कैदीबन्दीलाई हेर्ने नजर निकै नकरात्मक भएकोले सुधारका काम हुन नसकेको गुनासो आइरहेका थिए ।

प्रतिकृया दिनुहोस्