OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २१, २०७८सुर्खेत,
२५६ पटक

कर्णालीकामा मानव अधिकार रक्षकहरुको सम्मेलनले १७ बुद्धे कर्णालीको मानव अधिकारको स्थितिपत्र जारी गरेको छ ।

कर्णालीको राजधानी सुर्खेतमा कर्णालीका १० वटै जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत मानव अधिकार रक्षकहरुको सम्मेलनले सुर्खेतमा स्थितिपत्र जारी गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको सम्मेलनमा मानव अधिकार रक्षकहरुको अधिकार बिषयका विभिन्न सवालको बिषयमा स्थितिपत्र जारी गरिएको आयोगका जुम्ला शाखा प्रमुख बुद्धनारायण साहनीले जानकारी दिनुभयो ।

स्थिति पत्रमा मुलुकका सवै सरकारले मानव अधिकार रक्षकको संरक्षण र सम्वर्धन गर्न कानून बनाउनुपर्ने, मानवअधिकार रक्षकको भुमिकालाई सम्मान गरिनुपर्ने, मानवअधिकार अवस्था अध्ययनका लागि आवश्यक पर्ने सुचना, तथ्याकंमा सहज पहुँच पुग्ने वातावरण निर्माण गर्न, विशिष्टकृत क्षेत्र महिला अधिकार, एकल महिला अधिकार, द्धन्द्ध पीडितको अधिकार, बालअधिकार, यौनिक अल्पसंख्यकहरुको अधिकार, अपांगता भएका व्यक्तिहरुको अधिकार र सीमान्तकृत समुदायको अधिकारको क्षेत्रमा कार्यरत मानवअधिकार रक्षकहरुले असहयोग तथा असुरक्षाको सामना गर्न परिरहेको हुनाले निजहरुको सुरक्षाको प्रत्याभुति गरिनुपर्ने लगायतका विभिन्न बिषयमा जोड दिईएको छ । मानव अधिकार रक्षकको क्षमता विकास, मानवअधिकार रक्षकहरुको भुमिकालाई अनुगमन तथा नियमन गर्नका लागि एक स्वतन्त्र र स्वायत राष्ट्रिय संयन्त्र स्थापना गरिनु पर्ने माग गरिएको छ ।

 

यसैगरी मानवअधिकारको प्रभावकारी संरक्षण गर्ने सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट भएका फैसला, आदेश र राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसलाई प्रभावकारीढंगले कार्यान्वयन गर्न, अनुगनमा राष्ट्रिय मानवअधिकार आयोगबाट कर्णाली प्रदेशमा मानवअधिकार अनुगमन, अनुसन्धान लगायतका काम कारवाही प्रभावकारी वनाउन समेत स्थिति पत्रमा उल्लेख गरिएको छ ।

कर्णाली क्षेत्रमा कार्यरत पत्रकार सहित विभिन्न क्षेत्रमा कार्यरत अगुवाहरु सवै मानव अधिकार रक्षक भएकाले रक्षकको सुरक्षा र संरक्षणका बिषयमा दुई दिन सम्म भएको छलफलले नितिगत व्यवस्था सहित संरक्षणमा थप जोड दिन आवश्यक रहेको निश्कर्ष निकालेको हो ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्धाटन गर्नुभएको प्रादेशिक मानवअधिकार सम्मेलन मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाको विशेष आथित्यमा सम्पन्न गरिएको छ । आयोगका जुम्ला प्रमुख बुद्धनारायण साहनीको संयोजकत्वमा कर्णालीका सवै जिल्लाबाट समेटिनेगरी छनौट गरिएको मस्यौदा टिमले मानवअधिकार रक्षकको अवस्था तथा स्थिति पत्र तयार गरेको थियो । कर्णालीको मानव अधिकारी स्थिति पत्र समितिका सदस्य मनिसा केसीले प्रस्तुतीकरण गर्नुभएको थियो ।

समापनमा मानवअधिकार रक्षक सम्मेलनले मानव अधिकारको नयाँ प्रत्याभूत दिलाउने बताएका छन् । जुम्लाका पत्रकार नेत्र शाहीले सधै अरुकै बिषयमा काम गर्ने मानव अधिकार रक्षकको आफ्नो अधिकार र कर्तब्यको खोजीको कार्यका लागि आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

रुकुमका अधिकारकर्मी ब्यूँझना पुन देवकोटाले मानव अधिकार रक्षकले चुनौतिको रुपमा काम गर्दै आएकाले सुरक्षा, संरक्षण र स्रोतसाधनमा भरिपूर्ण बनाईनुपर्ने बताउनुभयो ।
मध्यपश्चिम विश्वविद्यलायका पूर्व डिन पिताम्बर ढकालले कार्यक्रमले फलदायी नतिजा ल्याउनेमा अपेक्षा गर्नुभयो ।

दुई दिन मानव अधिकार रक्षकहरुको सम्मेलनले कर्णालीको राजधानी सुर्खेतमा मानव अधिकार आयोगको कार्यालयको माग समेत गरेको छ । मानव अधिकार आयोगले भने हाल कर्णालीको जुम्लामा भएको आयोगको कार्यालयको अधिकारक्षेत्र यथावत रहनेगरी राजधानी सुर्खेतमा समेत कार्यालय हुने बताएको छ । सहसचिव सापकोटाका अनुसार मुख्यमन्त्री जीवनबहादुर शाही सँग भवनको बिषयमा छलफल भएको बताउनु भयो । सम्मेलन उद्धाटनमा मुख्यमन्त्री शाहीले सुर्खेतमा प्रदेशस्तरीय कार्यालय हुन आवश्यक रहेको सूझाव दिनु भएको थियो ।

यस्तो छ स्थिति पत्र

 

 

प्रतिकृया दिनुहोस्