OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १७, २०७८जुम्ला,
५५६ पटक

फागुन १७ गते, सेना दिवस तथा शिवरात्रीको अवसरमा जुम्लामा नेपाली सेनाले स्याउ र ओखर विरुवा रोपेको छ ।
नेपाली सेना नं २४ वाहिनी जुम्ला आफ्नो परिसरमा दुईसय विरुवा स्याउ तथा एक सय ओखर तथा नेपाली सेनाको नन्दबक्स गणमा तीन सय विरुवा स्याउ रोपिएको छ ।

बाहिनीपति रामचन्द्र केसीका अनुसार सेनाले आफ्नै परिसरमा स्याउ र ओखर रोपेको छ । एकातिर स्याउ विरुवा राम्रो हुने र अर्कोतिर उत्पादनमा जोड दिने हिसावले नेपाली सेनाले स्याउ र ओखरका विरुवा रोपेको छ । वाहिनीपति केसी, गणपति रविन थापा, जिल्ला वन कार्यालयका प्रमुख दिनेशजंग खत्रि, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई स्याउ सुपरजोन कार्यालय प्रमुख गंगा पोख्रेल सहितका सरोकारवाला निकायहरुले विरुवा रोपेका थिए ।

गणपति रविन थापा नेपाली सेनाले २४ नम्बर वाहिनीमा आफ्नो परिसरलाई पछिल्लो समय कृषिमय समेत बनाउदै आएको छ । यस भन्दा पहिला पनि वाहिनीपति केसीले एक हजार दुईसय विरुवा रोपेको र तीनसय विरुवा स्याउ फल्न थालेका बताउनुभयो । उहाँले यसपटक नन्दा वक्स गणमा रहेको परिसरमा समेत शिवरात्री र सेना दिवसको अवसरमा स्याउ विरुवा रोपिएको बताउनुभयो ।
स्याउ प्रयाप्त मात्रामा उत्पादन हुने भूमि भएकाले खाली जमिनमा स्याउ लगाउनु उपयूक्त भएकाले अहिले स्याउ रोपनीमा बृद्धि भएको छ । यसैगरी नेपाली सेनाले दिवसको अवसरमा ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न गरेको छ ।

नेपाली सेनाले र नागरिक बीचको सम्बन्ध सुमधुर बनाउन नन्दाबक्स गण र नम्बर २४ बाहिनी अड्डाको आयोजनामा सेनाले जुम्लामा दौड प्रतियोगिता गरेको हो । प्रतियोगिता दुई चरणमा सञ्चालन गरिएको थियो ।४० वर्ष माथिका र ४० वर्ष मुनिका बिच दौड प्रतियोगिता भएको थियो ।

४० वर्ष मुनिको ५ किलोमिटर दौड प्रतियोगिताको प्रथम प्रकाश कठायत हुनु भएको छ ।त्यस्तै द्धितिय दिपेन्द्र बोहोरा तृतिय शेर बहादुर अधिकारी भएका छन । त्यस्तै ४० वर्ष मुनिका महिला तर्फ कल्पाना बुढा दौड प्रतियोगितामा प्रथम र राज्यलक्ष्मी रावल ,द्धितिय र ईशरा बुढा तृतीय भएकी हुन ।

उक्त प्रतियोगितामा ४० वर्ष माथीका पुरुष तर्फ भेष बहादुर बस्नेत प्रथम भएका छन । त्यस्तै सेनानी नारायण लामिछाने द्धितिय र हर्करावल तितृय भएका छन । दौडप्रतियोगितामा प्रथम द्धितिय र तितृय हुनेलाई कदर पत्र र नगद पूरुस्कार दिइएको छ । प्रथमलाई पाँच हजार द्धितियलाई तीन हजार र तितृयलाई २ हजार नगद सम्मान स्वरुप दिइएको गणपती रबिन थापाले जानकारी दिनुभयो । उहाँले ”सेना राष्ट्रको सुरक्षासँगै नागरिकको सुख दुखको साथी पनि हो भन्ने सचेतना दिन खोजेको थियो ।

दौड प्रतियोगितामा जिसस प्रमुख लालबहादुर सार्की, २४ नम्बर वाहिनीपति रामचन्द्र केसी, चन्द्यननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई सहित सुरक्षा निकायका प्रमुख र सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

क्याप्सन ः नेपाली सेना दिवसमा नन्दा बक्स गण जुम्लामा स्याउ बिरुवा रोप्दै नेपाली सेना तस्बिर नेत्र शाही

प्रतिकृया दिनुहोस्