OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १६, २०७८काठमाडौं
४४२ पटक

 

१६ फागुन, काठमाण्डाै । नेकपा एमाले सांसद मोहन बानियाँ बलात्कारको आरोप पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन् ।

बानियाँले बलात्कार गरेकत्र भन्दै ४० बर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उनकै उजुरीको आधारमा बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

बानियाँले भने आरोप झुट भएको भन्दै बचाउ गर्दै आएका थिए । अनलाईनखबरबाट

 

प्रतिकृया दिनुहोस्