OnlinePana

आज : २०८३ बैशाख १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १६, २०७८
८३० पटक

१६ फागुन २०७८, सोमबार

अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किदै जाँदा त्यसलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ एमसीसी विरोधी प्रदर्शन चर्किएको हो । प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले आज साँझ बेलुकी ८ः१५ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

प्रदर्शन नियन्त्रण भन्दा बाहिर गएको र तोडफोड हुन थालेपछि आजै तत्काल जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो । उहाँले स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू लगाइएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्न राजमार्गको ५०० मिटर क्षेत्रसम्म कर्फ्यू लगाएको छ ।

प्रतिकृया दिनुहोस्