OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,फागुन १६, २०७८जुम्ला,
५१६ पटक

फागुन १६ गते, जुम्ला चन्दननाथ नगरपालिका २ की कुञ्जाङ पुटिक लामा जुम्लाको उत्कृष्ट उद्यमी बन्नु भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले उहाँलाई जिल्लाकै उत्कृष्ट उद्यमीका रुपमा घोषित गरेको हो । उहाँले लामो समय देखी तामाङ झोला तथा राडी पाखी उद्योग सञ्चालनमा ल्याएकी छिन । कार्यालयले गरेको अध्ययनमा उहाँको उद्योग जिल्लाकै उत्कृष्ट भएको थियो ।

कुञ्जाङलाई रु एक लाख रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले संयुक्त रुपमा सम्मान पत्र हस्तान्तरण गर्नुभएको हो । रु एक लाख पुरस्कारको २५ प्रतिशत करकट्टी काटेर रु ७५ हजार खातामा हालिएको बताउनुभयो ।

उहाँले झोला,राडीपाखी, गलबन्दी,मोजा,लिउ, कालो कम्मल लगायतका सामाग्री उत्पादन गर्दै आउनु भएको छ । कुञ्जाङ जिल्ला तथा प्रदेश स्तरमा हुने प्रदर्शनी तथा मेलामा समेत सहभागि हुदै आउनु भएको छ ।

पुरस्कारको लागि सूचना प्रकाशन गरेपछि ६ जनाको आवेदन परेको थियो । जसमध्ये उत्पादनमा गुणस्तरीयता, बजारीकरणमा सुलभता, लगनशिलता,धैर्यता र उत्पादन मुखी उद्यामी भएकोले उत्कृष्ट पुरस्कार जित्न सफल भएको कार्यालय प्रमुख देवकोटा बताउनुहुन्छ ।

उहाँले उद्यमी प्रोत्साहन कार्यक्रमको छनौट गर्दा नाताबाद र कृपाबादको अन्त्य गरेर कामका आधारमा वितरण हुनु पर्नेमा जोड दिनुभययो । उत्कृष्ट उद्यमी छनौट गर्दा कर्णाली प्रदेश सरकारले बनाएको मापदण्डको पालना गरिएको थियो ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले अनुदानको भरमा चलेको व्यवसाय प्रभावकारी हुन नसकेको बताउँदै उत्पादनमुखि व्यवसायले बजार लिएको बताउनुभयो । उहाँले,‘अनुदानमा पहुँचवालाको हालीमुहाली छ । साना व्यवसायीले अनुदान पाउने संभावना पनि छैन । त्यही भएर साना व्यवसाय प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी बनाउनु जरुरी छ ।

अनिमात्र सरकारी कार्यक्रमले सार्थकता पाउनेछन । ’उहाँले कुञ्जाङले सञ्चालन गरेको उद्योग कर्णाली प्रदेशकै उत्कृष्ट भएको बताउनुभयो । अहिले साना व्यवसायीले इमान्दारपुर्वक सरकारलाई राजश्व तिरिरहेको स्मरण गराउँदै ठुला व्यवसायीले कर छलेको बताउनुभयो । जिल्लामा अध्ययन गरेर उत्कृष्ट उद्यमी छनौट गर्ने कार्यले हौसला थपिएको छ । उद्योग बाणिज्यसंघ जुम्लाका बरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटाले जिल्लामा चार देखि पाँच हजार उद्योग दर्ता भएकोमा सबै ओझेलमा परेको बताउनुभयो ।

उद्यमी कुञ्जाङले निकै मिहिनेतका साथ आफु उद्यमी भएको भन्दै यस्तो अवस्थामा मुल्यांकन गरेकोमा राज्यलाई धन्यवाद दिनुभयो । यो पटक उहाँले उत्कृष्ट उद्यमी भएर पुरस्कृत हुँदा हौसला थपिएको बताउदै महामारीले उद्योगमा केही समस्या भएको बताउनुभयो ।

उद्यमी कुञ्जाङ लामालाई पुस्कृत गर्दै तस्बिर नेत्र शाही जुम्ला ।

 

प्रतिकृया दिनुहोस्