OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,फागुन १५, २०७८जुम्ला,
७३३ पटक

फागुन १५ गते । जिल्ला निर्वाचन कार्यालय जुम्लाले स्थानीय सरकारलाई मतदाता नामावली हस्तान्तरण गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय जुम्लाले एक कार्यक्रमका बिच स्थानीय सरकारलाई मतदाता नामावली पठाएको हो ।

कार्यालयले मतदाता नामावली अद्यावद्यिक (दावी विरोध समेत) कार्यक्रममा जुम्लाका उपस्थित स्थानीय सरकारले मतदाता नमावली बुझेर लिएका हुन् । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाही, गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी, पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहरा, चन्दननाथ नगरपालिका वडाध्यक्ष अर्जुनसिंह कठायत, कनकासुन्दरी गाउँपालिका वडाध्यक्ष हरिबहादुर भण्डारी लगायतका स्थानीय तहलाई मतदाता नामावली हस्तान्तरण गरिएको हो । निर्वाचन कार्यालयले हस्तान्तरण गर्न नसकिएका तहलाई पुगेरै नामावली दिईन्े बताएको छ ।

मतदाता नामावली सहित नामावलीमा दावी विरोध विषयमा जिल्लास्थित राजनैतिक दलका नेतृत्वहरु, स्थानीय तहका जनप्रतिनिधिहरु र सरोकारवाला निकायहरु विच अन्तरक्रिया समेत गरिएको छ ।
अन्तरक्रियामा निर्वाचन आयोग नेपालले जारी गरेको संशोधित सूचनाका आधारमा हराएका परिचयपत्र कार्डको बिषयमा फागुन २० गते भित्र निवेदन र वडाको सिफारिस सहित ईमले, फ्याक्स र अन्य माध्यामबाट पनि निर्वाचन कार्यालयमा पठाउन सकिने जानकारी गरिएको छ ।

कार्यालय प्रमुख महेश शर्माले जुम्लामा जम्मा ६८ हजार ७ जना मतदाता नामावली रहेको जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता चन्दननाथ नगरपालिका ११ हजार नौस सय २८,कनकासुन्दरी गाउँपालिका नौ हजार ७८,गुठिचौर गाउँपालिका छ हजार पाँच सय ३९, तातोपानी गाउँपालिका नौ हजार चार सय तिन, तिला गाउँपालिका सात हजार नौ सय ३९, पातारासी गाउँपालिका आठ हजार छ सय ७६, सिञ्जा गाउँपालिका आठ हजार एक सय ३७ र हिमा गाउँपालिका छ हजार तिनसय छ । र अनुमानित मतदान केन्द्र १०२ मतदात केन्द्र रहेका छन् ।

हराएको मिति बढाउन माग :
अन्तरक्रियमा हराएको मतदाता परिचय पत्रको आवेदन दिने समय छोटो भएकाले संशोधन गर्ने समय छोटो भएकाले मिति थप्न सरोकारवाला निकायले आग्रह गरेका छन् । स्थानीय राजनैतिकदलहरुले हिमाली क्षेत्रका मानिसहरु व्यापार व्यवसायमा वाहिर जानुपर्ने अवस्था भएकाले फागुन २० गते छोटो सूचना हुने सूझाव दिएका छन् ।

नेकपा माओवादीका प्रदेश सदस्य पूर्ण प्रसाद धिताल, नेपाली काग्रेसका जिल्ला सचिव अर्जुनसिंह कठायत, नेकपा एमालेका जयबहादुर खत्री, नेकपा एकिकृत समाजवादीका भिम थापा, राप्रपाका कालिबहादुर महतले मिति बढाउन अनुरोध गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की र तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले नागरिकताले नै नागरिकले मतदान गर्न पाउने अधिकार हुनुपर्ने सूझाव दिनुभयो । हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले हराएका परिचयपत्रका लागि वडा कार्यालबाट संकलन गर्ने अभियानमा समेत गाउँपालिका लागेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले निर्वाचनमा अहिले प्रधान बिषय दर्ता भईसकेका मतदाता अनुसारका नामावली अनुसारका व्यक्ति कसरी मतदान स्थलमा पुरयाउन सकिन्छ भन्ने तयारीका लागि सवै लाग्न अनुरोध गर्नुभयो । उहाँले अन्तरक्रियामा कानूनलाई आधार मानेर काम गनुपर्ने र अर्को दुर्गमताको कारणले आउने समस्याको वारेमा आयोगलाई जिल्लाको जानकारी हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्