OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १२, २०७८सुर्खेत
५९४ पटक

१२ फागुन २०७८, बिहीबार

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले सुर्खेतका बाढीपीडित प्रति परिवारलाई रु.तीन लाख उपलब्ध गराउने सरकारले निर्णय गरेको बताउनुभएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता विष्टले आज पत्रकार भेटघाटमार्फत् विसं.२०७१ सालका सुर्खेतका एक हजार ६२ बाढीपीडितहरुलाई प्रदेश सरकारले चालु आव.०७८÷०७९ मा प्रति परिवार रु.तीन लाख उपलब्ध गराउने बताउनुभएको हो । रु.तीन लाखका दरले प्रदेश सरकारले रु.३१ करोड ८६ लाख रकम बाढी पीडितलाई दिनु पर्नेछ ।

मन्त्रिपरिषद् बैठकबाट कर्णाली प्रदेशका विपन्न घर परिवारको घर निर्माणका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयद्वारा पेश गरिएको ‘कर्णाली प्रदेश विपन्न घर निर्माण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७८’ का सम्बन्धमा स्वीकृत प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता विष्टले जनाउनुभयो । विपन्नहरुको घर निर्माणका लागि हुम्ला र डोल्पामा रु.पाँच लाख र अन्य जिल्लामा रु.चार लाखका दरले उपलब्ध गराइने उहाँको भनाई थियो ।

“मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा पेश गरिएको ‘प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५’ लाई सशोधन गर्न बनेको विधेयक कर्णाली प्रदेशसभा पेश गर्ने निर्णय गरिएको छ,” उहाँले भन्नुभयो, “आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गेको ‘कर्णाली प्रदेश बेरोजु व्यवस्थापन सूचना प्रणाली’ कार्यान्वयनमा ल्याउने सम्बन्धमा स्वीकृत प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।”

प्रवक्ता विष्टका अनुसार मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री जीवनबहादुर शाहीको सामाजिक सल्लाहकारमा डा.नरेशविक्रम ढकाललाई नियुक्त गरिएको बताउनुभएको छ । डा.ढकाल गुर्भाकोट नगरपालिका २ सुर्खेतका स्थायी निवासी हुनुहुन्छ ।

 

प्रतिकृया दिनुहोस्