OnlinePana

आज : २०८३ आषाढ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ११, २०७८काठमाडौं
८९३ पटक

११ फागुन २०७८, बुधबार

फिल्मी क्षेत्रका अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । एक गायिकाले पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले बताएको छ ।

शाहविरुद्ध यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा किटानी जाहेरी दिइएको थियो । प्रहरीले घटनास्थल तनहुँ भएका बताउँदै तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला उनले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग अभिनेता शाहमाथि लगाइएको छ । ती गायिका नाबालिका भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्