OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ११, २०७८ जुम्ला,
८११ पटक

फागुन ११ गते, जुम्लामा कोरोना संक्रमणले एक महिलाको मृत्यू भएको छ । चन्दननाथ नगरपालिका ८ निवासी ३३ बर्षिय बाटु सुनारको मृत्यू भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार सुनारको विहान साढे एक बजे निधन भएको हो । यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा उहाँको निधन भएको जानकारी गरेको छ ।

प्रहरीका अनुसार मंगलवार दिउसो प्रतिष्ठानमा उपचार गर्न आउनु भएको र उपचारको क्रममा निधन भएको छ । उहाँको आरडिटि परीक्षण गर्दा कोरोना संक्रमण भएको थियो । जिल्ला प्रशासनको तथ्यांक अनुसार पछिल्लो समय तेस्रो भेरियन्टमा जिल्लामा कुल १८५ जना रहेका मध्य अस्पतालमा उपचाररत ५ जना रहेका छन् ।

प्रतिष्ठानका मेडिकल रेकडर मेघराज बुढाका अनुसार तेस्रो भेरियन्टमा कर्णाली प्रतिष्ठानमा २८ जना भर्ना भएका थिए । तेस्रो भेरियन्टमा ति महिलाको पहिलोपटक निधन भएको हो ।

प्रतिकृया दिनुहोस्