OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ९, २०७८सुर्खेत
२६९ पटक

९ फागुन २०७८, सोमबार

मध्यपश्चिम विश्वविद्यालयबाट पहिलो पटक विद्यावारिधिको उपाधि पूर्णमान श्रेष्ठले हासिल गर्नुभएको छ । व्यवस्थापन संकाय डीनको कार्यालयअन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा प्रथम ब्याचका शोधार्थी श्रेष्ठले उपाधि हासिल गर्नुभएको हो ।

वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेत निवासी उहाँ विश्वविद्यालयकै व्यवस्थापन केन्द्रीय क्याम्पसमा सहप्राध्यापक हुनुहुन्छ । नेपाली कम्पनीहरुको शेयरको प्रतिफलमा फर्मको विशेषता र म्याक्रो इकोनोमिक चरहरुको प्रभाव विषयमा श्रेष्ठले विद्यावारिधि उपाधि हासिल गर्नुभयो । उहाँले विद्यावारिधिका लागि विश्वविद्यालय अनुदान आयोगबाट पूर्ण छात्रवृत्ति प्राप्त गर्नुभएको थियो । विश्वविद्यालयले पहिलोपटक विसं.२०७५ जेठमा विद्यावारिधिका लागि भर्ना आह्वान गरेको थियो ।

व्यवस्थापन सङ्कायका डीन प्राडा.दीपबहादुर रावलको अध्यक्षतामा सम्पन्न सोध भाइभा डिफेन्समा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुको सहभागिता रहेको थियो । अनुसार सोध भाइभामा प्राडा नारायणप्रसाद पौडेल, पूर्वमूल्याङ्कनकर्ता प्राडा राधेश्याम प्रधान, शोध निर्देशक प्राडा राजनबहादुर पौडेल, शोध सहनिर्देशक प्राडा पुष्कर बज्राचार्य, बाह्य शोध मूल्याङ्कनकर्ता प्राडा अञ्जनीकुमार मालवीय, बाह्य शोध मूल्याङ्कनकर्ता प्राडा सदाय हमाल, प्राडा चन्द्रप्रसाद रिजाल, अनुसन्धान समिति सदस्य डा अमृतकुमार शर्मा गैरेको उपस्थिति रहेको डीन कार्यालयले बताएको छ ।

प्रतिकृया दिनुहोस्