OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,फागुन ९, २०७८जुम्ला ,
३९९ पटक

खलङ्गा फागुन ९ गते । लामो समय सम्म कर्णाली राजमार्गमा सड्क बिस्तार नहुदा गाडि क्रम हुन समस्या हुदै आएको छ ।

वि.सं २०६३ सालमा जुम्ला पुगेको सड्कका कैयो स्थानमा साँघुरो बाटो भएकाले गाडि क्रस हुन डर त हुनेनै भयो । साघुँरो बाटोले दुर्घटना समेत हुने गरेका छन् ।

 

राजमार्ग साघँुरो हुदा गाडि क्रस हुन सवैभन्दा बढि समस्या भएको हो । साघुरो सडमा वाध्य भएर गाडीहरु गुडाउनु परेको पिडा त्यस राजमार्गमा गाडि गुडाउने चालकहरु मात्रै होईनन् यात्रुहरुलाई बढि समस्या हुने गरेको हुन्छ ।

पछिल्लो ५ बर्ष देखी कर्णाली राजमार्गमा जुम्ला–सुर्खेत गाडी संचालन गर्दै आएका चालक प्रेम गुरुङले कर्णाली राजमार्गको धेरै स्थानमा साना गाडिनै क्रस हुने स्थान नभएका कारण जोखिम कायम रहेको गुनासो गर्नुभयो ।

उहाँले ठूला गाडि त क्रस गर्न आधा किलोमिटर ब्याक हुनु पर्ने अवस्था आउने गरेका छन् । तर सरकारले यति धेरै जोखिम राजमार्ग चक्ल्याउने काम गर्न प्रथामिकता नदिएको चालकहरु यात्रामा हरेक घडिमा गुनासो गरिरहन्छन् । सुर्खेत देखी जुम्ला सम्मको २३२ किलोमिटरको कैयौ स्थानमा जोखिम पनि छन । त्यही ठाउँमा गाडि क्रस हुन नसक्ने स्थान पनि छन ।

जम्का भेटमा दुर्घटनाको डर :

ठूला सवारी तथा मालवाहक गाडि मात्रै होईनन साना गाडिहरु समेत क्रस हुुन कठिनाई हुन्छ । गाडीहरु क्रस गर्दा जम्काभेट हुने र पछाडि सर्न समेत रिसारिस गरिने भएकाले जता भेटियो त्यही क्रस गर्न प्रयासहरु गर्दछन त्यसैमा दुर्घटना हुने डर हुन्छ ।

सवैभन्दा बढि दैलेखको खिडकी ज्यूला देखी सेरिगाड सम्म बढि साघुरो सड्क छ । उता कालिकोटको नाग्म देखी जुम्ला र कालिकोटको सिमा नाग्मको सिमामा पनि कयौ स्थानमा साँघुरो बाटोले हैरान बनाउने गरेको छ । हिड्ने गाडिहरु साँघुरोबाटोमा ठोक्किने डरले सताउदै आएको चालकहरु बताउछन् । कैयौ गाडिहरु आखाँ अगाडि ठोक्किने गरेकाले यात्रुलाई पनि लामो समय देखी त्रास हुदै आएको छ ।

नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतका अनुसार कर्णालीको भाग्य रेखाको रुपमा रहेको कर्णाली राजमार्गको स्तरवृद्धि नहुदा तथा पहिले नै सडक साँघुरो काटिएका कारण अहिले सास्ति भोग्नु परेको र अहिले सम्म स्तरबृद्धिको प्रथामिकतामा नपरेको बताउनु भयो ।

डिभिजन सड्क कार्यालय जुम्लाका ईन्जिनियर तथा सूचना अधिकारी सन्तोष भण्डारीका अनुसार कर्णाली राजमार्गकमा पुरै डवल लेन गर्न विशेष बजेट सहितको आयोजना आवश्यक भएको बताउनु हुन्छ । अहिले सरकारले दिने केही बजेटमा केही स्थानमा काम भईरहेको बताउनुभयो । उहाँले नाग्म देखी रारा सम्म ४ किलोमिटर, पिलिखण्ड र मान्म देखी सेरि घाट सम्म केही चाक्लो बनाउन शुरु गरिएको छ । यता दैलेख खण्डमा पनि टुक्रे योजना चाक्लो बनाउने रहेका छन् ।

कर्णालीको जीवन रेखाको रुपमा रहेको कर्णाली राजमार्गलाई स्तरबृद्धि गर्न चाडै ढिलाई भएका कारण राराताल र सिञ्जा जाने देखी थुपै यात्रुले सास्ति भोगेका छन् । यसैलै साघुरो सड्क चाक्लो बनाउन आवश्यक रहेको छ ।

क्याप्सन : कर्णाली राजमार्गको जिते खण्डमा गाडि क्रस हुन नसकेको तस्विर नेत्र शाही जुम्ला ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस्