OnlinePana

आज : २०८३ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन ७, २०७८
४५७ पटक

७ फागुन ७ शनिबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रजातन्त्र नेपाली जनताले प्रजातान्त्रिक युगमा प्रवेश गरेको अविस्मरणीय दिन भएको बताउनुभएको छ ।

७२औं प्रजातन्त्र दिवस, २०७८ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख परियारले नेपालको इतिहासमा यस दिनले ठूलो महत्व बोकेको जनाउनुभयो । “नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट १०४ वर्ष लामो राणाहरुको जहाँनिया निरंकुश शासन अन्त्य गरी नयाँ युगमा प्रवेश गरेको दिन हो,” प्रेस विज्ञप्तिमा भनिएको छ, “प्रजातन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरुप्रति हार्दिक श्रद्धासुमन छ ।”

नेपाली राजनीतिको विभिन्न कालखण्डमा जनताले गरेको आन्दोलन र क्रान्तिबाट प्राप्त गरेका उपलब्धि र व्यवस्थाको रक्षा गर्दै मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गरी शान्ति, सुशासन कायम गर्न एवं मुलुकको हित र समृद्धिमा सबै मिलेर समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय आकांक्षा पुरा गर्न सबै एक भएर लाग्नु टड्कारो आवश्यकता देखिएको उहाँले बताउनुभएको छ ।

 

 

प्रतिकृया दिनुहोस्