OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ७, २०७८सुर्खेत
३०९ पटक

७ फागुन २०७८, शनिबार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालमा प्रजातन्त्र स्थापना निरंकुशताविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको बताउनुभएको छ ।

‘प्रजातन्त्र दिवस, २०७८’ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई दिदीबहिनीहरुमा हार्दिक शुभकाना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले नेपाली जनताको संघर्ष र सहिदहरुको बलिदानले मानव अधिकार र राजनीतिक स्वतन्त्रता हासिल भएको बताउनुभएको छ ।

उहाँले एक शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छः “प्रजातन्त्र स्थापना मुलुक र नेपाली जनताका लागि अविस्मरणीय र उपलब्धिमूलक दिन हो । जसले नेपालको विकास र समृद्धिमा ठूलो योगदान पुर्याएको छ । यो ऐतिहासिक दिनले सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसाथ गर्दै अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

जनताको चाहाना मुलुकको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण भएको जनाउँदै मुख्यमन्त्री शाहीले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अंगिकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिइएको कुरा व्यक्त गर्नुभएको छ । प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा सबै नेपालीलाई दिन सकोस् भन्ने कामना मुख्यमन्त्री शाहीले गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्