OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ६, २०७८सुर्खेत
३४८ पटक

६ फागुन २०७८, शुक्रबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजधानी वीरेन्द्रनगर सुर्खेतको विमानस्थल विस्तारका लागि स्थानीय समुदाय सहमत भएको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आज भएको सरोकारवालाहरुसँग छलफलमा विमानस्थल विस्तारबाट प्रभावित क्षेत्रका स्थानीयहरुले अन्तिम पटक सहमत जनाएको मुख्यमन्त्री शाहीले बताउनुभयो । प्रदेश सरकार र स्थानीय समुदायबीच कुरा नमिल्दा लामो समयदेखि विमानस्थल विस्तार एवं स्तरोन्नतिको कार्यले गति लिन सकेको थिएन ।

मुख्यमन्त्री शाहीका अनुसार उत्तरतिरबाट विमानस्थलको विस्तार गर्ने र प्रदेश सरकारबाट प्रभावित क्षेत्रमा पर्ने विद्यालय, सामुदायिक भवन बनाउने र प्रभावित क्षेत्रका बासिन्दालाई उचित क्षतिपूर्ति दिने प्रतिवद्धता जनाईएको छ भने विमानस्थलको निर्माण कार्यले गति लिनेछ । विमानस्थलको धावनमार्ग एक हजार ५०० मिटर हुने बताइएको छ ।

सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास निर्माण कार्य कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच विसं.२०७७ असोज १५ गते सम्झौता भएको थियो । आजको छलफलमा मुख्यमन्त्री शाहीसहित मन्त्रीहरु, प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेश सरकारका प्रमुख सचिव, सचिवहरु प्रभावित क्षेत्रका बासिन्दा, नागरिक उड्डयन प्राधिकरणका निर्देशकको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्