OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ४, २०७८सुर्खेत
२४६ पटक

४ फागुन २०७८, बुधबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई दिनुभएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद् भएका निर्णय एवं काम कारवाहीका सम्बन्धमा विभिन्न सञ्चार माध्यमबाट सञ्चार एवं सार्वजनिक गर्न मुख्यमन्त्री शाहीले विष्टलाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । आफ्नै दल नेपाली काँग्रेसबाट माघ २३ गते आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरिएका हिमबहादुर शाहीलाई भने उहाँले प्रवक्ता तोक्नुभएको छैन ।

तोकिएको जिम्मेवारी प्रचलित कानून बमोजिम उत्तरदायीपूर्ण तरिकाले बहन गर्न निर्देशन दिँदै उहाँले प्रवक्ता विष्टलाई बधाई समेत ज्ञापन गर्नुभएको छ । विष्टलाई सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री शाहीले योजनामन्त्रीमा गत मंसिर १४ गते नियुक्त गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्