OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,फागुन ४, २०७८ जुम्ला,
५०० पटक

फागुन ४ गते, नाग्म गमगडि राजमार्गको ५२ किलोमिटर ग्राभेल कार्य सम्पन्न भएको छ ।

डिभिजन सड्क कार्यालय जुम्लाले पछिल्लो समय अलपत्र परेको तल्लो क्षेत्रको ग्राभेल कार्य अगाडि बढाएपछि करिब ५२ किमी ग्राभेल कार्य सकिएको हो ।

डिभिजन सड्क कार्यालय जुम्लाका ईन्जिनियर सन्तोष भण्डारीका अनुसार जम्मा ९३ किलोमिटर लम्वाई भएको नाग्म गमगडि राजमार्गको स्तरबृद्धिका लागि काम भईरहेको छ ।

जुम्ला र कालिकोटको सिमा नाग्म देखी हिमा गाउँपालिका क्षेत्रमा सांसद बहादुर सिंह लामाको फमको ठेक्का पनि अहिले काम भईरहेको छ । सो क्षेत्रको ठेक्का ५ बर्ष देखी वाँकी ६ किलोमिटर सम्म काम हुन सकेको थिएन । अहिले स्थानीय निर्माण व्यवसायी बलीबहादुर शाहीले निर्माण गरिरहेका छन् । अव सो काम अन्तिम टुंगो लाग्दैछ ।

सो राजमार्गको विभिन्न स्थानमा गरि अहिले ५२ किलोमिटर ग्राभेल कार्य भईसकेको र अन्य काम अगाडि बढाईने डिभिजन सड्कले बताएको छ । सो क्षेत्रमा अप्ठ्यारो स्थान निर्माणका लागि अगाडि बढाईएको छ । मुगु जिल्लाको गमगडि बाट ताल्चा सम्मको सड्क कङ्क्रिट सिमेन्टले निर्माण गर्न थालिएको डिभिजन सड्कले जनाएको छ ।

डिभिजन सड्का प्रमुख राजेन्द्र श्रेष्ठका अनुसार नाग्म गमगडि राजमार्ग स्तरबृद्धिका लागि प्रथामिकताका साथ काम भईरहेको जानकारी दिनुभयो । उहाँले अव त्यहाँको काम ढिलाई नहुनेमा जोड दिनुभयो ।

१० वटा पुल सम्झौता :
नाग्म गमगडि अर्थात रारा सिञ्जा राजमार्गका विभिन्न १० वटा खोलामा पुलहरु पनि बन्ने भएका छन् । ईन्जिनियर भण्डारीका अनुसार सड्क विभागको पुल महाशाखा अन्तरगत नाग्म, बाजागाडा सहित विभिन्न खोलाका १० वटा पुल ठेक्का प्रक्रियामा गई सम्झौता समेत अगाडि बढेका छन् ।

२० किमी कालोपत्रे हुने :
यसैगरी सो क्षेत्रको २० किलोमिटर क्षेत्र कालोपत्रे हुने भएको छ । डिभिजन सड्क कार्यालयका अनुसार सरकारको यो बर्षको बजेट योजना अनुसार २० किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने योजना रहेको छ । यो बर्ष सो योजनालाई प्रथामिकता दिने कार्यालयको जोड रहेको कार्यालय श्रेष्ठले थप्नुभयो । कार्यालय प्रमुख श्रेष्ठले कालोपत्रेका लागि अर्थमन्त्रालयमा स्किृत मागिएको बताउनुभयो ।

नेपालको ठूलो राराताल र सिञ्जा क्षेत्र पर्यटकीय दृष्टिकोणले यही राजमार्ग मार्फत आवत जावत गर्नु पर्ने तर सड्क राम्रो नहुदा बर्षौ देखी नागरिकले सास्ति पाएका छन् । अहिले पनि पानीमा हिलो र घाममा धुलो यस राजमार्गका यात्रुहरुले सास्ति भोग्ने गरेका छन् । अव ग्राभेल सहित कालोपत्रे भएमा भने सजिलो हुने भएको छ । यहाँको कृषि बालि तथा स्याउ ओखर सहित फलफुलहरुलाई निर्यात गर्न सजिलो हुन्छ ।
क्याप्सन: नाग्म गमगडि राजमार्ग हिमा गाउँपालिका क्षेत्रमा ग्राभेल कार्य हुदै तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्