OnlinePana

आज : २०८१ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १, २०७८सुर्खेत
२९७ पटक

१ फागुन २०७८, आइतबार

इसाई समाज वीरेन्द्रनगर सुर्खेतको नगर समिति अध्यक्षमा पास्टर कुमार बसेल सर्वसम्मत चयन हुनुभएको छ । पा.बसेलको अध्यक्षमा १७ सदस्यीय नगर समिति चयन गरिएको हो ।

समितिको सहअध्यक्षमा पास्टर निसान घर्ती, उपाध्यक्षद्वय पास्टर चिरञ्जीवी गैर र एल्डर माया गुरुङ सर्वसम्म चयन हुनुभएको छ । यसैगरी, सचिवमा पा.घनश्याम राम्जाली र कोषाध्यक्षमा पा. हेमन्त शाही चयन हुनुभएको इसाई समाज सुर्खेतका जिल्ला अध्यक्ष रेभरेन्ट पास्टर पदम गैरेले जानकारी दिनुभयो ।

नगर समितिको सदस्यहरुमा प्रकाश बराईली खड्ग बयलकोटी, पा. गोकुल गुरुङ, शेरबहादुर मङ्रती, पा.चन्द्रबहादुर रोका क्षेत्री, निमप्रसाद जैसी, पा.भिम गोतामे, सन्तोष बराईली, ललित सारु, याम केसी र तिमोथी नेपाली रहेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्