OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
उमेश बुढा फागुन १, २०७८जुम्ला, सिञ्जा
९८४ पटक

१ फागुन २०७८ आइतबार

सिँजा: नेकपा माओवादी केन्द्रले जुम्ला क्षेत्र नं (ख) मा २७ औ जनयुद्ध दिवस भव्यका साथ मनाएको छ । नेपालमा जनयुद्ध सुरु भएको ऐतिहासिक दिन फागुन १ गतेलाई जन्म दिनको रुपमा मनाउँदै आएको देखिन्छ ।

कनकासुन्दरी गाउँ पालिका माओवादी केन्द्रले गोठिज्यूला बजारमा नेता कार्यकर्ताहरले जनयुद्ध दिवस मनाएको ईन्चार्ज सूर्यमणी हमालले बताउनुभयो ।

सिञ्जा गाउँपालिकामा माओवादी केन्द्रले २०५२ साल फागुन १ देखि सञ्चालित महान जनयुद्धमा भुमिगत भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्याउने १५० जना व्यक्तिलाई समान पत्र दिएको माओवादी केन्द्र सिजा गाउँ पालिका इन्चार्ज पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । धितालका अनुसार सिजा गाउँ पालिकामा बाजागाजा सहित २७ औं जनयुद्ध दिवस भव्यका साथ बनाईएको छ ।

तिला गाउँपालिकामा प्रत्येक वडाका पाटी कार्यलयमा जनयुद्ध दिवस मनाएको तिला गाउँ पालिका इन्चार्ज मोतिलाल रोकायाले जानकारी दिनुभयो ।
हिमा गाउँपालिकामा ५०० सय भन्दा बढिको सङ्ख्यामा पार्टीका नेता कार्य कर्ताको उपस्थितिमा बाजागाजामा भव्य सभ्यका साथ जनयुद्ध दिवस मनाएको हिमा गाउँ पालिका माओवादि केन्द्र इन्चार्ज लक्ष्मी बुढाले जानकारी दिनुभयो ।

उनका अनुसार पाटि कार्यलय बाँजागाडामा कार्यक्रम  कर्णाली प्रदेशका पुर्व मन्त्री नरेश भण्डारीले उद्घाटन गर्नुभएको थियो ।
पूर्व मन्त्री भण्डारीले जनयुद्धको उपलब्धि जुम्ली जनताले पाइसकेका बताउदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि बढ्यो । अब सिजा सभ्यता विधेयक , ससस्त्र प्रहरी तालिम केन्द्र विषय सिञ्जामा अगाडि बढ्ने बताउनुभयो ।

भण्डारीले हिमा गाउँपालिका जनयुद्धमा भूमिगत भएका ३०० जनालाई सम्मान प्रत्र हस्तान्तरण गर्नु भयो । र युद्धमा सहिद भएकालाई हार्दिक श्रद्धाञ्जली व्याक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भयो ।

प्रतिकृया दिनुहोस्